एसइई नतीजा सुधार्न आबुँखैरेनीमा पालिका–समुदाय साझेदारी कार्यक्रम

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १०

आबुँखैरेनी गाउँपालिकाले एसइई परिक्षाको नतिजा सुधार्न पालिका–समुदाय साझेदारी कार्यक्रम सन्चालन गरेको छ । उक्त कार्यक्रम अन्तर्गत स्थानीय समुदायसँगको साझेदारीमा गाउँपालिकाको चार स्थानमा गत फागुन १ गतेदेखी एसइई तयारी कक्षा तथा छात्रावास सन्चालन गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानका अनुसार कन्यादेवी मावि हिलेखर्कमा सञ्चालित छात्रावासको सम्पूर्ण व्यवस्थापन गाऊँपालिकाले गर्ने भएको छ । यस्तै गरि लक्ष्मी मावि प्युघरमा सञ्चालित छात्रावासको तयारी कक्षाको शुल्क गाउँपालिकाले र खानपानको व्यवस्थापन अभिभावकले गर्ने भएका छन् ।

यस्तै छिमकेश्वरी मावि भाँगेका बिद्यार्थीहरु रामशाह माविको छात्रावासमा सहभागी हुने तथा रामशाह मावि आँबुखैरेनी र मित्रता मावि सत्रसयमा सञ्चालित छात्रावासमा अधिकतम कोचिंङ शुल्क गाउँपालिकाले र आंशिक कोचिंङ शुल्क अभिभावकले व्यवस्थापन गर्ने समझदारी भएको छ ।

त्यसैगरि उद्योग वाणिज्य संघ–बजार इकाईको नेतृत्वमा निजी संघ÷संस्थाहरुले खाद्यान्न सामग्रीहरुको व्यवस्थापन गर्ने भएका छन् । यसै व्यवस्था अन्तर्गत रामशाह मावि र मित्रता मावि छात्रावासको लागी तनहूँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाई र तनहूँ उद्योग वाणिज्य संघ सत्रसय बजार इकाईबाट क्रमशः ५० र १० बोरा चामल सहयोग उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष चुमानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान