देवघाट, फागुन ११
स्थानीय तहका महिला तथा बालिका, शिक्षा युवा तथा खेलकुँद र सामाजिक विकास शाखाका कर्मचारीहरुको लागि अभिमुखीकरण कार्यक्रम आइतबार देवघाट स्थित हरिहर सन्यास आश्रममा सुरु भएको छ । सामाजिक विकास कार्यालय तनहुँको आयोजनामा भएको उक्त कार्यक्रमको उद्घाटन हरिहर सन्यास आश्रम देवघाटका पिठाधिश एवं परमानन्द संस्कृत गुरुकुलका अध्यक्ष ज्ञानानन्द सरस्वतीले उद्घाटन गरेका थिए ।
सामाजिक विकास कार्यालय तनहुँका प्रमुख बिदुरहरि आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पिठाधिश ज्ञानानन्द सरस्वती, देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा लगायतले मन्तव्य राखेका थिए ।
सोमबारसम्म चल्ने कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहका महिला तथा बालबालिका शाखा, शिक्षा युवा तथा खेलकुँद शाखा र सामाजिक विकास शाखाका प्रमुख एवं कर्मचारीहरुको सहभागिता रहेको थियो ।