मकर मेलामा भर्जन कालिका मन्दिर निर्माणको लागि ५० लाख संकलन

Devghat Online

शेयर गरौ

देवघाट, फागुन ११

देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित भर्जन कालिका मन्दिरको निर्माणकोलागि देवघाटमा माघ महिनामा आयोजित मकर मेलाको अवसरमा ५० लाख ८ हजार ५ सय ८५ रुपैयाँ संकलन भएको छ । मन्दिरका पदाधिकारीहरुले मकर मेलाको अवसरमा मेला स्थल बेणी संगममा मन्दिर निर्माणको बारेमा गरिएको माइकिङको प्रभाव स्वरुप मेलामा आउने भक्तजनबाट उक्त ५० लाख रकम संकलन भएको भर्जन कालिका मन्दिर निर्माण समितिका अध्यक्ष केशवचन्द्र न्यौपानेले बताए ।

उक्त रकम मध्ये सबैभन्दा धेरै माघ १६ गते माघे औंशीको दिन ६ लाख ८५ हजार २८६ रुपैयाँ संकलन भएको थियो । मन्दिर निर्माण समितिका पदाधिकारीहरु माघे संक्रान्तिको दिन मेला स्थलमा आर्थिक संकलनको लागि जुटेका थिए भने त्यसपछि एकै चोटी माघ १६ गतेखी ३० गतेसम्म जुटेका थिए । कुल १६ दिनको प्रचार प्रसारमा उक्त रकम संकलन भएको मन्दिर निर्माण समितिका अध्यक्ष न्यौपानेले बताए ।

अध्यक्ष न्यौपानेको नेतृत्वमा मन्दिर निर्माण समितिका पदाधिकारीहरु मेला परिसरमा आर्थिक सहयोग संकलनकोलागि खटिएका थिए । भर्जन कालिका मन्दिरको बारेमा मेला स्थलमा माईकिङ गरेपछि भक्तजनहरुले स्वतः स्फुर्त सहयोग गर्नु भएको अध्यक्ष न्यौपानेले बताए । यो रकमले अव मन्दिरको निर्माण कार्यमा ठुलो सहयोग पुग्ने अध्यक्ष न्यौपानेले बताए ।

भर्जन कालिका मन्दिर निर्माणकोलागि विभिन्न व्यक्ति तथा संघ संस्थाले सहयोग उपलब्ध गराउँदै आएका छन् । मकर मेलामा भक्तजनले चढाएको अक्षता, चामल, दिप लगायतका वस्तुहरु आइतबार मन्दिरमा अर्पण गरिएको छ । पाँच जना ब्राह्मणको उपस्थितीमा लक्ष्यदिप प्रज्वलन सहितको पुजा गरि अक्षता प्रसाद भर्जन कालिका देवीमा अर्पण गरिएको अध्यक्ष न्यौपाने बताए ।

उक्त अवसरमा पनि विभिन्न महानुभावहरुले मन्दिर निर्माणकोलागि आर्थिक सहयोग गरेका छन् । मन्दिर निर्माणका लागि आइतबार देवघाट गाउँपालिका–५ कालिमाटी निवासी शुकबहादुर गुरूङले एक लाख एक सय पाँच रूपैयाँ प्रदान गरेका थिए भने देवघाट–५ निवासी कृष्णप्रसाद पोख्रेलले एघार हजार एक सय एक रूपैया देवघाट–५ कालिमाटी घर भई हाल जापान बस्ने खमबहादुर थापाले पन्ध्र हजार पाँच सय पच्च्पन्न रूपैयाँ सहयोग गरेका थिए । ११ हजार रुपैयाँ भन्दा बढि सहयोग गर्ने व्यक्ति तथा संघ संस्थाको नाम शिलालेखमा लेखिने अध्यक्ष न्यौपानेले बताए ।

उक्त कार्यक्रममा वडा नम्वर ५ का वडा सदस्यद्वय यमबहादुर मगर र बुद्धिबहादुर पाण्डे, समाजसेवी डा.सुरेन्द्रप्रसाद श्रेष्ठ, विभिन्न वन समूहका अध्यक्ष सहित सयौं भक्तजनहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान