म्याग्देमा भेटेरीनरी अस्पताल भवन निर्माण र ल्यान्डफिल साइटमा थ्रि फेज विद्युत जडान गर्न बजेट सुनिश्चित

Devghat Online

शेयर गरौ

तनहुँ, फागुन ११

म्याग्दे गाउँपालिकामा पशु तथा भेटेरीनरी अस्पतालको भवन निर्माण हुने भएको छ । प्रतिनिधि सभाका सांसद शंकर भण्डारी सहित गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी सहितको टोलीले आईतवार संघीय सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीलाई भेट गरि भेटेरीनरी अस्पतालको भवन निर्माणकोलागि बजेट उपलब्ध गराउन माग गरेका थिए ।

मन्त्रालयमा मन्त्री अधिकारी र सचिव सहितको टोलीसँगको भेटमा उक्त प्रस्तावित भवन निर्माणकोलागि मन्त्रालयले १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने सहमती भएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए । उक्त भवन चालु आर्थिक वर्षमै निर्माण सुरु हुने अधिकारीले बताए ।

यसैगरि वडा नम्बर २ मा निर्माण गरिएको ल्याण्डफिल साइटमा थ्रि फेज विद्युत लाइन जडान नहुँदा संकलित फोहोरको व्यवस्थान र प्रशोधन गर्न समस्या परेको हुँदा गाउँपालिकाको उक्त टोलीले आइतबार नै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेट गरि थ्रि फेजको विद्युत लाइन जडान गर्न अनुरोध गरेका थिए । सो क्रममा प्राधिकरणले थ्रि फेज लाइन जडानको लागि २३ लाख रुपैयाँ उपलब्ध गराउने सहमती भएको पनि प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा गुरुकुलका अध्यापकहरुकोलागि पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम

देवघाट । जेठ १६ पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरको आयोजनामा गण्डकी र बागमती प्रदेशका अध्यापकहरुको

जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती देवघाटमा (फोटो फिचर)

देवघाट । जेठ १५ श्री दक्षिणाम्नाय शृङ्गेरी शारदामठका अनन्तश्रीविभूषित जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती महाराजलाई शुक्रबार

दमौली आए जगतगुरु शंकराचार्यः ‘जगदगुरुको भ्रमणपछि व्यास जन्मभुमीलाई विश्वमाझ चिनाउन सहयोग पुग्ने’

तनहुँ । जेठ १४ हाल नेपालको धार्मिक यात्रामा रहेका दक्षिण भारतको शृंगेरी शारदापीठका पीठाधिश्वर जगद्गुरु