म्याग्देमा भेटेरीनरी अस्पताल भवन निर्माण र ल्यान्डफिल साइटमा थ्रि फेज विद्युत जडान गर्न बजेट सुनिश्चित

Devghat Online

शेयर गरौ

तनहुँ, फागुन ११

म्याग्दे गाउँपालिकामा पशु तथा भेटेरीनरी अस्पतालको भवन निर्माण हुने भएको छ । प्रतिनिधि सभाका सांसद शंकर भण्डारी सहित गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी सहितको टोलीले आईतवार संघीय सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीलाई भेट गरि भेटेरीनरी अस्पतालको भवन निर्माणकोलागि बजेट उपलब्ध गराउन माग गरेका थिए ।

मन्त्रालयमा मन्त्री अधिकारी र सचिव सहितको टोलीसँगको भेटमा उक्त प्रस्तावित भवन निर्माणकोलागि मन्त्रालयले १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने सहमती भएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए । उक्त भवन चालु आर्थिक वर्षमै निर्माण सुरु हुने अधिकारीले बताए ।

यसैगरि वडा नम्बर २ मा निर्माण गरिएको ल्याण्डफिल साइटमा थ्रि फेज विद्युत लाइन जडान नहुँदा संकलित फोहोरको व्यवस्थान र प्रशोधन गर्न समस्या परेको हुँदा गाउँपालिकाको उक्त टोलीले आइतबार नै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेट गरि थ्रि फेजको विद्युत लाइन जडान गर्न अनुरोध गरेका थिए । सो क्रममा प्राधिकरणले थ्रि फेज लाइन जडानको लागि २३ लाख रुपैयाँ उपलब्ध गराउने सहमती भएको पनि प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान