म्याग्देले उत्पादनमुलक तथा रोजगारमुलक ब्यवसायीक योजनामा आधारित लागत साझेदारी कार्यक्रम सन्चालन गर्ने

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १३

म्याग्दे गाउँपालिकाले उत्पादनमुलक तथा रोजगारमुलक व्यवसायीक योजनामा आधारित कार्यक्रममा लागत साझेदारी अनुदान दिने भएको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष ०८१÷०८२ को लागी स्वीकृत बजेट कार्यक्रम अन्तर्गत लोकप्रिय तथा उत्पादनमा आधारित अनुदान कार्यक्रम तर्फ ३० लाख तथा दुधालु गाई खरिद अनुदान लागत साझेदारी ५ लाख गरी जम्मा रु ३५ लाख वजेट विनियोजन भए बमोजिम गाउँकार्यपालिकाको गत फागुन ५ गतेको बैठकले उत्पादनमुलक तथा रोजगारमुलक ब्यवसायीक योजनामा आधारित लागत साझेदारी अनुदान कार्यक्रम सन्चालन गर्ने निर्णय गरेको थियो ।

उक्त कार्यक्रम कार्यन्वयन गर्न इच्छुक १८ देखी ५९ वर्ष उमेर समुहका उत्पादन गरिरहेका ब्यवसायीक व्यक्ति तथा उत्पादनमुलक रोजगारमुलक ब्यवसायीक योजना वनाएका अर्ध बेरोजगार÷बेरोजगार र वैदेशीक रोजगारवाट फर्केका यस गाउँपालिकामा स्थाई वसोवास गर्ने युवाहरुलाई लक्षीत गरी चारवटा समुह बनाई २७ जना लाभग्राही छनौट गरि कार्यक्रम सन्चालन गरिने म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

उक्त कार्यक्रम सन्चालनको लागि गाउँपालिकाले मंगलबार १५ दिने सार्वजानिक सुचना प्रकाशित गरेको छ । उक्त प्रकाशित सूचना बमोजिम आगामी फागुन २७ गते भित्र रित पुर्वकको निवेदन गाउँपालिकाको कृषि विकाश उपशाखामा पेश गर्न गाउँपालिकाले सबैमा अनुरोध गरेको छ ।

उक्त कार्यक्रम अन्तर्गत ठुला ब्यवसाय तर्फ कृषि, पशु, पर्यटन, उद्यम लगाएतका क्षेत्रहरुमा क्षेत्रगत पुर्वाधार निर्माण र आय आर्जनको लागी पशुधन खरिद, प्रविधि खरिद र आय आर्जन र रोजगार मुलक कार्यक्रम गर्न चहाने कुल पुजी ५० लाख वा सो भन्दा वढी लगानी भएको र आफु सहित कम्तीमा ३ जना लाई रोजगारी दिएको व्यक्तिलाई ५० प्रतिशत अनुदानको रकम पाँच लाख रुपैयाँ उपलब्ध गराइने छ ।

त्यस्तै मझौला व्यवसाय अन्तर्गत कृषि, पशु, पर्यटन, उद्यम लगाएतका क्षेत्रहरुमा क्षेत्रगत पुर्वाधार निर्माण आय आर्जनको लागी पशुधन खरिद प्रविधि खरिद र आय आर्जन र रोजगार मुलक कार्यक्रम र साना व्यवसाय अन्तर्गत र स्वरोजगार तर्फ कृषि पशु, पर्यटन, उद्यम लगाएतका क्षेत्रहरुमा क्षेत्रगत पुर्वाधार निर्माण आय आर्जनको लागी पशुधन खरिद प्रविधि खरिद र आय आर्जन र रोजगार मुलक कार्यक्रमको लागि पनि लागत साझेदारीको ५० प्रतिशत अनुदान उपलब्ध गराइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।

उक्त कार्यक्रममा सहभागी हुनको लागि निवेदनका साथ संक्षिप्त व्यवसायीक कार्ययोजना सहित आर्थिक र प्राविधिक प्रस्ताव, नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, गर्न चाहेको पेशा व्यवसाय सम्वन्धीत निकाय तथा गापामा दर्ता भएको प्रमाणको प्रतिलिपि, अन्य प्रमाणित प्रमाण पत्रहरु (तालिम, शैक्षिक योग्यता, अनुभव, घरजग्गा भाडा सम्झौतापत्र आदी) को प्रतिलिपिहरु, वैदेशिक रोजगारबाट फर्केका युवाहरुको हकमा पासपोर्टको प्रतिलिपि, कार्यक्रम कार्यन्वयन गर्ने प्रतिवद्धता र सम्बन्धि वडा सिफारिसहरु पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक