व्यास नगरपालिकाद्वारा तिन कर्मचारीको निलम्बन यथावत, पुनः स्पष्किरण माग

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २६

व्यास नगरपालिकाले सरसफाई केन्द्र निर्माणकोलागि खरिद गर्न लागिएको व्यास नपा १३ को जग्गाको विषयमा मादक पदार्थ सेवन गरि सिङ्गो नगरपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतका विरुद्ध अवशब्द बोलेको भन्दै निलम्बन गरिएका चार कर्मचारी मध्ये तिन जनाको निलम्बन यथावत राखी पुनः स्पष्टिकरण लिने निर्णय गरेको छ । नगर कार्यपालिकाको सोमबार बसेको बैठकले तिन जना कर्मचारीको निलम्बन यथावत राखी पुन स्पष्किरण माग गर्ने निर्णय गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृतद्वारा गत साता स्पष्टिकरण सोधेपछि नगर कार्यपालिकाले निलम्बन गरेका चार कर्मचारी मध्ये बरिष्ठ आलेप अधिकृत कुमार कन्चन जि.सी, स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती, सरसफाई शाखा प्रमुख कृष्णराज घिमिरे र सवारी चालक कुशेश्वर गुरुङ मध्ये सवारी चालक गुरुङले उक्त घटनाक्रम प्रति गल्ति स्वीकार गरी माफी मागेकाले निजको हकमा सचेत गराई निलम्बन फुकुवा गर्ने तथा बाँकी तिन कर्मचारीले पेश गरेको स्पष्टिकरण चित्त नबुझेको हुँदा पुनः स्पष्टीकरण माग गरी राजनैतिक दल, नागरिक समाजको भावनाको कदर गर्दै कानुन बमोजिमको कारबाही अधि बढ़ाउन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ ।

नगरपालिकाका प्रवक्ता शुरेश थापाद्वारा जारी विज्ञप्तिको निर्णय नम्बर २ मा भनिएको छ–‘यस नगरपालिकाका जिम्मेवार कर्मचारीहरु श्री कुमार कन्चन जि.सी., श्री प्रमोद सोती, श्री कृष्णराज घिमिरे र श्री कुशेश्वर गुरुडहरुले मादक पदार्थ सेवन गरी सिङ्गो नगरपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतका विरुद्ध बोलिएको अडियो सार्वजनिक भए उपर २०८१÷११÷१९ गते सात दिने स्पष्टीकरण सोधिएकोमा चालक श्री कुशेश्वर गुरुडले घटनाक्रम प्रति स्वीकार गरी क्षमा मागेकाले निजको हकमा सचेत गराई निलम्बन फुकुवा गर्न र अन्य ३ जना कर्मचारीबाट एकै मिलानको भाषा, हस्तलिखित स्पष्टीकरणमा घटनाक्रम प्रति अस्वीकार गरी छानविनको माग भई भएकोले एकै स्थानमा बस्ने कर्मचारीहरु बीच फरक–फरक स्पष्टीकरण प्राप्त भएकोले पुनः स्पष्टीकरण माग गरी राजनैतिक दल तथा नागरिक समाजको भावनाको कदर गर्दै कानुन बमोजिमको कारबाही अघि बढ़ाउन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिने निर्णय गरियो ।’

नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको उक्त बैठकले गत फागुन २५ गते व्यास नगरपालिकामा भएको राष्ट्रिय मान्यता प्राप्त राजनैतिक दलका प्रतिनिधिहरुसंगको संयुक्त बैठकमा सबै पक्षको राय सुझावमा सरसफाई व्यवस्थापन केन्द्रको स्थायी व्यवस्थापन हुनुपर्दछ भन्ने परामर्श प्राप्त भएकोले सहभागिताका लागि सबै राजनैतिक दललाई धन्यवाद ज्ञापन गर्दै हालको जग्गा खरिदको प्रक्रियालाई टुङ्गोमा पु¥याउन वा वैकल्पिक व्यवस्थापनमा सबै राजनैतिक दलको सहयोगका लागि अनुरोध गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाईएको छ ।
यसैगरि व्यास नगरपालिका वडा नम्बर ११ गैराबारीमा रहेको निर्माण सम्पन्न चिस्यान केन्द्रको सञ्चालनका लागि पटक पटक सूचना प्रकाशन गरेर सहकारी र कृषि समूहलाई अनुरोध गर्दा समेत कुनै सहकारी र कृषि समूहले सञ्चालनमा सहभागी हुन नआएकाले व्यास नगर कार्यपालिका कै तर्फबाट सञ्चालनको जिम्मेवारी लिने निर्णय समेत बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक