खैरेनी माविमा नेपाल हिल्फे बाईलंग्रीस जर्मनीको दुई तले भवन उपहार

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २७

तनहुँको शुक्लागण्डकी–६ खैरेनीटारस्थित खैरेनी माविमा नेपाल हिल्फे बाईलंग्रीस जर्मनीको आर्थिक सहयोगमा नवनिर्मित भवनको सोमवार उद्घाटन गरिएको छ । सो भवनको शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित र नेपाल हिल्फे बाईलंग्रीस जर्मनीका अध्यक्ष मानफ्रेड लिन्डनरले उद्घाटन गरेका हुन् ।

दुई तले भवनमा ८ वटा कोठा छन । साथै फर्निचर, बाथरुम, खेल्ने ठाउँ, प्रवेशद्धार गरि करिव दुई करोड लगानीमा भवन निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक राजेश्वर घिमिरेले जानकारी दिए । सो अवसरमा नगर प्रमुख पण्डितले सिमिति स्रोत र साधनबाट सरकारले सबै क्षेत्रमा काम गर्न अप्ठ्यारो हुने बताउदै सहयोगी संस्थाको सहयोग लिएर यस्ता कार्य पुरा गर्नुपर्नेमा जोड दिए । उनले सहयोगी दातालाई धन्यवाद दिए ।

नेपाल हिल्फे बाईलंग्रीस जर्मनीका अध्यक्ष मानफ्रेड लिन्डनरले भवनको उचित संरक्षण गरि उपयोग गर्न आग्रह गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलमोहन घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख खुम बहादुर विक, वडा नम्बर ६ का अध्यक्ष बुद्धि बहादुर थापा, प्रधानाध्यापक राजेश्वर घिमिरे, सहायक प्रधानाध्यापक राजकुमार भुजेल, कक्षा ८ की छात्रा स्मारिका घिमिरे लगायतले बोलेका थिए ।

सो अवसरमा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । २०८० माघमा निर्माण शुरु गरिएको सो भवन एक वर्षमा सम्पन्न भएको हो । उक्त अवसरमा सो भवन विद्यालयमा पार्न महत्वपुर्ण योगदान दिनुहुने विद्यालयका पुर्व प्रअ रामचन्द्र बगालेलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक