ऋषिङ गाउँपालिकाले मनायो स्थापना दिवस

Devghat Online

शेयर गरौ

विवेक श्रेष्ठ । ऋषिङ, फागुन २७

ऋषिङ गाउँपालिका स्थापना दिवसको अवसरमा मंगलबार स्थानीय कला संस्कृति झाँक्री प्रदर्शनी सहित शुभकामना तथा सम्मान कार्यक्रम कृषि प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री जीतप्रकाश आले, विशिष्ट अतिथि मुस्ताङ जिल्लाका घरपझोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन, बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङ, ऋषिङ गाउँपालिका उपाध्यक्ष गिनु माया थापा, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त अवसरमा पालिका स्तरीय कृषि प्रर्दशनी प्रतियोगिताको आयोजना समेत गरिएको थियो । सो अवसरमा उत्कृष्ट कृषक, खेलाडी, विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक