देवघाटले मनायो गाउँपालिकाको स्थापना दिवस

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २७

स्थानीय तहको स्थापना दिवसको अवसरमा मंगलबार देवघाट गाउँपालिकाले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।
उक्त कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले गाउँपालिकाले नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्ने बताए । जनताको आवश्यकताको सम्बोधन गरि सुखी र समृद्ध गाउँपालिका निर्माणमा सबैको सहयोग हुनुपर्ने अध्यक्ष थापाले बताए । स्थानिय तहले उत्पादन गर्ने र स्थानिय तहले यहाँको महत्वलाई पहिचान गरि परिचालन गर्नुपर्ने उनले बताए ।

गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले स्थानिय तह सुरुवात भए देखि स्थानिय तहमा सरंचनाहरु वनिरहेको भन्दै विकासका कामहरु अगाडि बढिरहेको बताए । सेवाग्राहीलाई छिटो छरितो रुपमा सेवा दिनुपर्ने गुरुङले बताए ।

तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले राज्यले गरेको परिकल्पनालाई सबैले आफ्नो अधिकार र कर्तव्य पालना गर्दै जान पर्ने बताए । देवघाट गाउँपालिका प्रशासकिय अधिकृत दिनेश सारुले सविधानले परिकल्पना गरेको व्यवस्थापनलाइ अबस्थामा परिवर्तन गररिहेको बताए ।

देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाको अध्ययक्षतामा भएको उक्त कार्यक्रममा डिभिजन वान कार्यालय तनहुँका निमित्त डिभिजन वन अधिकृत सरद कुमार अधिकारी, देवघाट गाउँपालिका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुवर, वडा नम्बर १ का अध्यक्ष मनिराज गुरुङ, वडा नम्बर ४ का मित्रलाल गुरुङ, सशस्त्र प्रहरी निरीक्षक मनिस थापा, इलाका प्रहरी कार्यालय देवघाट प्रमुख उदयराज पौडेल, विभिन्न सामुदायिक वनका अध्यक्ष तथा पदाधिकारीहरु तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान