स्ववियु निर्वाचनः तिन संगठनको उम्मेदबारी दर्ता

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २७

त्रिभुवन विश्व विद्यालय अन्तर्गतका सरकारी तथा आङ्गिक क्याम्पसहरुमा आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनकोलागि दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा तिन संगठनले उम्मेदबारी दतौ गरेका छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारी र समाजबादी विद्यार्थी संगठनको संयुक्त प्यानल तथा नेपाल विद्यार्थी संघले छुट्टाछुट्टै उम्मेदबारी दर्ता गरेका छन् ।

अनेरास्ववियुको तर्फबाट अध्यक्षमा सविन लामिछाने, सचिवमा आशिष पौडेल र कोषाध्यक्षमा सुशान पौडेल तथा सदस्यहरुमा सुजाता पन्थ, संगम सुर्खाली, जेनिथ सुवर्णकार र सन्तोष लामिछानेले उम्मेदबारी दर्ता गरेका छन् ।

त्यसैगरि अखिल क्रान्तिकारी र समाजबादी विद्यार्थी संगठनको संयुक्त प्यानलबाट अध्यक्षमा निर्दाेष भट्टराई, सचिवमा शिव विश्वकर्मा, कोषाध्यक्षमा अशोक रुचाल तथा सदस्यहरुमा सुजन सुनार, ममता विश्वकर्मा, प्रतापकुमार श्रेष्ठ, सुजन नेपाली, संगम पौडेल, अनिता थापा मगर, गौतम कुमाल र प्रमिशा शाहीले उम्मेदबारी दर्ता गरेका छन् ।

त्यसैगरि नेपाल विद्यार्थी संघबाट अध्यक्षमा अनुप आले, सचिवमा सागर पाण्डे, कोषाध्यक्षमा रोशन ओझा तथा सदस्यहरुमा रोशनी कुँवर, प्रमिशा न्यौपाने, असिम भण्डारी, शिशिर सुनार, प्रमिला श्रेष्ठ, अनिशा परियार, सदिक्षा अधिकारी र इभान मल्लले उम्मेदबारी दिएका छन् ।
तनहुँको आबुँखैरेनी क्याम्पस, दमौलीको आदिकवि भानुभक्त क्याम्पस, भिमादको जनज्योती क्याम्पस र बेलचौताराको भानुभक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको