तनहुँ । फागुन २७
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय तनहुँले रंगहरुको पर्वको रुपमा रहेको होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थ्यकर र मर्यादित तवरले मनाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयले मंगलबार सर्वसाधरणको नाममा छुट्टाछुट्टै सुचना प्रकाशन गरि होली पर्वलाई धार्मिक तथता सामाजिक सद्भावको रुपमा सभ्य र मर्यादित बनाउन अनुरोध गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयले रंगहरुको माध्यमबाट एक आपसमा खुशी साटासाट गर्ने फागु पर्व (होली) मनाउने क्रममा कसैको ईच्छा विपरित जथाभावी रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल गर्ने, सार्वजनिक स्थानमा होहल्ला गर्ने र कुनै पनि व्यक्तिको निजी जिवनमा नकारात्मक असर पर्ने जस्ता अराजक गतिविधि नगर्न÷नगराउन अनुरोध गरेको छ ।
प्रशासकीय अधिकृत विकास श्रेष्ठलद्वारा जारी सुचनामा वातावरण तथा जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने खालको रङ्गिन वस्तुहरु, केमिकल, प्लास्टिकजन्य सामग्रीहरुको प्रयोग नगर्न÷नगराउन अनुरोध गर्दै यदि कानुन विपरितका कार्यहरु गरे÷गराएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जनाएको छ ।
यसैगरि जिल्ला प्रहरी कार्यालय तनहुँले रंगहरुको पर्वको रुपमा रहेको होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थ्यकर र मर्यादित तवरले मनाउन अनुरोध गरेको छ । प्रहरीले पनि मंगलबार सर्वसाधरणको नाममा सुचना प्रकाशन गरि होली पर्वलाई धार्मिक तथ सामाजिक सद्भावको रुपमा सभ्य र मर्यादित बनाउन अनुरोध गरेको हो ।
प्रहरीले आत्मिय रुपमा नजिक भएका व्यक्ति वा आफन्तहरुसँग मात्र होली खेल्न तथा होली पर्वको नाममा उच्छृङल क्रियाकलाप नगर्न अनुरोध गरेको छ । कसैको ईच्छा विपरित रंग, लोला, मोबिल, मोसो, केमिकल र फोहोर पानी नलगाऔं, नछ्यापौँ छाला तथा आँखामा असर गर्ने केमिकल रगंको प्रयोग नगर्न तथा महंगा गरगहना लगाई होली खेल्ने ठाऊमा नजान पनि प्रहरीले सर्वसाधरणमा अनुरोध गरेको छ ।
ट्राफिक नियमको पुर्ण रुपमा पालना गर्न तथा सवारी दुर्घटनाबाट आफू बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ । साथै मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाउन, अशक्त, महिला, बालबालिका, जेष्ठ नागरिक लाई कुनै पनि प्रकारका दुव्र्यवहार नगर्न पनि प्रहरीले अनुरोध गरेको छ । रेलिङ नभएको छत तथा बिच सडकमा होली नखेल्न, भीडभाड हुने स्थानमा पाकेटमारी, लुटपाट तथा स्न्याचिङ जस्ता घटनाहरु हुने सम्भावना बढी हुने हुदाँ सावधान रहन पनि प्रहरीले अनुरोध गरेको छ ।
कुनै पनि अपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा तुरुन्त नेपाल नेपाल प्रहरीको हटलाईन नं.१०० मा जानकारी गराउन अनुरोध गर्दै प्रहरीले नियम विपरीत कार्य गर्ने व्यक्ति उपर कानुन बमोजिम सजाय तथा जरिवाना हुने समेत जनाएको छ ।