आदिकवि भानुभक्त क्याम्पसमा निर्वाचन समितिले धाँदली गरेको अनेरास्ववियुको आरोप, निर्विरोध निर्वाचित घोषणा गर्न

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २८

नेकपा एमाले निकट अनेरास्ववियु आदिकवि भानुभक्त क्याम्पस कमिटिले उक्त क्याम्पसमा अनेरास्ववियुका उम्मेदबारहरुलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्न माग गरेको छ । सबै विद्यार्थी संगठनको सहमतीमा निर्वाचन समितिले उम्मेदबारी दर्ताको लागि मंगलबार दिउँसो २ बजे सम्मको समय तोकिएकोमा उक्त समय भित्र अनेरास्ववियुका उम्मेदबारले मात्र उम्मेदबारी दर्ता गरेको अनेरास्ववियुले जनाएको छ ।

उम्मेदबारी दर्ता गर्ने समय सकिएपछि निर्वाचन समितिले विद्यार्थी संगठनसँग कुनै परामर्श नगरि उम्मेदबारी दर्ताको समय साँझ ५ बजेसम्म तोकेको भन्दै अनेरास्ववियुले निर्धारित समय भित्र अनेरास्ववियुको मात्र उम्मेदबारी परेको भन्दै आफ्ना उम्मेदबारलाई निर्वाचित भएको घोषणा गर्न माग गरेको हो ।

उम्मेदबारी दर्ताको समय थप गर्ने निर्वाचन समितिको निर्णय निर्वाचन निर्देशिकाको नियम विपरित रहेको र निष्पक्ष निर्वाचन गर्नुपर्नेमा सरोकारवालालाई नराखी मनोनय समय थप गरिएको देखिएको अनेरास्ववियुले जनाएको छ । अनेरास्ववियुले २ बजेपछि उम्मेदवारी दर्ता गराउनेहरुलाई अवैध ठहर गर्नुपर्ने माग गरेको छ । निर्वाचन समितिले आधिकारिक रुपमा उम्मेदवारी मनोनयनको समय परिर्वतन गर्ने सम्बन्धीमा सरोकारवाला निकायलाई नराखी फेसबुकबाट प्रकाशित गरिएको र त्यस्तो गैरकानुनी क्रियाकलाप प्रति अनेरास्ववियुले आपत्ती प्रकट गरेको छ ।

निर्वाचन निर्देशिका २०८१ को दफा ७ ले गरेको व्यवस्था विपरित २ बजेपछि उम्मेदवारी दर्ता गराउनेहरुलाई अवैध ठहर गर्नुपर्ने भन्दै अनेरास्ववियु आदिकवि भानुभक्त क्याम्पस कमिटिका अध्यक्ष आशिष पौडेलद्वारा हस्ताक्षर गरिएको ज्ञापनपत्रमा निर्धारित समयमा उम्मेदबारी दर्ता गराउने संगठनलाई सर्वसम्मत रुपमा निर्वाचित गराउनुपर्ने माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुर्घटना भएको मोटरसाईकल चेक जाँच गर्दा लागुऔषध फेला

तनहुँ । बैशाख २९ आबुँखैरेनी गाउँपालिका–२ खानीखोला स्थित पृथ्वीराजमार्गमा सोमबार दुर्घटना भएको मोटरसाईकल चेकजाँच गर्दा