तनहुँ । फागुन २८
भिमाद नगरपालिकामा व्यक्तिगत स्वास्थ्य संकेत नम्बर वितरण कार्यक्रम सुरु भएको छ । बुधबारबाट उक्त संकेत नम्बर वितरण सुरु गरिएको हो ।
भिमाद नगरपालिकाका नगर प्रमुख दधीराज सुवेदीको व्यक्तिगत स्वास्थ्य संकेत नम्बर भिमाद प्राथमिक स्वास्थ्य केन्द्र भिमाद ६ मा कार्यरत स्वास्थ्य कर्मी द्वारा वितरण गरी उक्त कार्यक्रमको सुरुवात भएको गरिएको थियो ।
अव क्रमशशः सबै नगरवासीको स्वास्थ्य संकेत नम्बर वितरण गरिने नगरपालिकाले जनाएको छ । भिमाद नगरपालिका अन्तर्गत बसोबास गर्ने व्यक्तिहरूले आफ्नो व्यक्तिगत स्वास्थ्य संकेत नम्बर नजिकैको स्वास्थ्य संस्थाबाट प्राप्त गर्न सक्ने नगरपालिकाले जनाएको छ ।