तनहुँ । फागुन २८
प्रतिनिधि सभाका सांसद डा.स्वर्णिम वाग्लेले संघिय संसदका सबै सांसदहरुलाई तनहुँको पर्यटकीय क्षेत्र बन्दीपुर घुम्न जान निम्ता दिएका छन् ।
तनहुँ क्षेत्र नम्बर १ का सांसद रहेका डा. वाग्लेले बुधबारको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै बन्दीपुर गाउँपालिकाले अहिले बन्दीपुर भ्रमण वर्ष २०२५ सन्चालन गरिरहेको हुँदा आगामी नयाँ वर्ष २०८२ मा सबै सांसदहरुलाई बन्दीपुर घुम्न जान निम्ता दिएका हुन् ।
पृथ्वीराजमार्ग बनेपछि केही समय ओइलाएको बन्दीपुर अहिले फेरी जुर्मुराएको र पोखरापछि प्रमुख गन्तव्य बन्दै भएको भन्दै सांसद वाग्लेले २०८२ को नयाँ वर्ष बन्दीपुरमा मनाउन सबै सांसदहरुलाई अनुरोध गरे ।