तनहुँ । फागुन २८
प्रतिनिधि सभाका सांसद शंकर भण्डारीले कालीगण्डकी डाइभर्सन रोक्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसद भण्डारीले सो माग गरेका हुन् ।
कालीगण्डकी नदीको धार्मिक र पौराणिक महत्वलाई समाप्त पार्ने हिसाबले सरकारले डाइभर्सन प्रकिया अगाडि हुँदा तत्काल रोक्नु पर्ने सांसद भण्डारीको माग रहेको थियो ।
धार्मिक स्थलहरुको महत्व कति रहेछ भन्ने विषय हालै मात्र भारतको महाकुम्भ मेलाबाट प्रष्ट भएको हुँदा देवघाट र कालीगण्डकी नदीको धार्मिक महत्वलाई जोगाई राख्न पनि कालीगण्डकी डाइभर्सन रोक्नुपर्ने सांसद भण्डारीको भनाई रहेको थियो ।