महिला मानवअधिकार रक्षक सन्जालद्वारा अगुवा महिलालाई प्रशिक्षण

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २९

महिला मानवअधिकार रक्षक सन्जाल तनहुँको आयोजना तथा व्यास नगरपालिकाको सहयोगमा अगुवा महिलाहरुलाई मानवअधिकार सम्बन्धि प्रशिक्षण कार्यक्रम विहिबार व्यास नगरपालिकाको सभाहलमा सम्पन्न भयो ।

महिला मानवअधिकार रक्षक सन्जाल तनहुँकी अध्यक्ष कल्पना पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, राष्ट्रिय मानवअधिकार आयोग गन्डकी प्रदेश कार्यालयकी निर्देशक नितु गर्र्ताैला, मानवअधिकार एलायन्सकी केन्द्रीय सदस्य सवनम शर्मा लगायतले महिला तथा मानवअधिकार, विभिन्न कानुनी तथा संबैधानिक व्यवस्था, महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सन्जालको आन्दोलन, अभियान र पैरबीको बारेमा प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा महिला र मिडियाको क्षेत्रमा काम गर्दै आएकी व्यास नपा ३ की आकृति श्रेष्ठले आफ्नो अनुभव प्रस्तुत गरेकी थिइन् ।

उक्त कार्यक्रममा गैसस समन्वय समितिका अध्यक्ष प्रतापसिंह गुरुङ, व्यास नपा ४ की वडा सदस्य गौकुमारी गुरुङ, महिला मानवअधिकार रक्षक सन्जालकी कोषाध्यक्ष शुशिला शर्मा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सन्चालन महिला मानवअधिकार रक्षक सन्जाल सचिव अन्जना तिमिल्सेना र स्वागत उपाध्यक्ष बसुन्धरा घर्तीले गरेकि थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय