स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २९

आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुले विहिबार उम्मेदबारी दर्ता गरेका छन् ।

उक्त क्याम्पसमा एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको संयुक्त गठबन्धन बनेको छ । उक्त क्याम्पसमा नेविसंघले एकल रुपमा उम्मेदवारी दिएको छ । शुक्लागन्डकी नगरपालिका सहित विभिन्न संघ संस्थाको निर्वाचनमा गठबन्धन गर्दै आएका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र स्ववियु निर्वाचनमा भने छुट्टिएका छन् ।

अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धनबाट सभापतीमा अनेरास्ववियुका मिन बहादुर थापा (मिलन) र सचिवमा अनेरास्ववीयु क्रान्तिकारीकी बिनिता भण्डारीले उम्मेदबारी दिएका छन् । त्यस्तै कोषाध्यक्षमा अनेरास्ववियुबाट पुष्पा खड्का तथा सदस्यहरुमा अभिजित लम्साल र अञ्जली विकले मनोनयन दर्ता गरे भने सदस्यहरुमा अखिल क्रान्तिकारीबाट सुस्मिता लम्साल, सिरिया गुरुङ र निराज भण्डारीले सदस्यमा मनोनयन गरेका छन् ।

नेपाल विद्यार्थी संघले एजिना महतलाई सभापतीमा उम्मेदबार बनाएको छ । नेविसंघबाट सचिवमा सुनिल लामिछाने, कोषाध्यक्ष रस्मिता कार्कीले उम्मेदवारी दिएका छन् । यसैगरी सदस्यहरुमा प्रतिक्षा गिरी, मोहित गुरुङ, मनिस परियार, रितु अधिकारी र स्वस्तिका सिग्देलले उम्मेदवारी दिए । क्याम्पसमा २ सय ६८ मतदाता छन् ।

निर्वाचन कार्यक्रम अन्तर्गत चैत १ गते प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन र सोहि दिन उम्मेदवारीप्रति दाबी विरोध गर्ने, उम्मेदवारीको नामावली फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको निर्वाचन समितिका संयोजक निरोज भट्टराईले जानकारी दिए । छ । निर्वाचन चैत्र ५ गते बिहान ८ देखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ ।

स्ववियु निर्वाचन हुने तनहुँका चार क्याम्पस मध्ये आबुँखैरेनीको आबुखैरेनी क्याम्पस र दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीको छुट्टाछुट्टै उम्मेदबारी परेको छ भने भिमादको जनज्योती क्याम्पसमा अनेरास्ववियुको एकल तथा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धन बनेको छ । त्सैगरि भानुभक्त क्याम्पस बेलचौतारामा एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको संयुक्त गठबन्धन बनेको छ । उक्त क्याम्पसमा नेविसंघले एकल रुपमा उम्मेदवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक