इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ३

इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । गण्डकी प्रदेश अन्तर्गतका इकाईहरुमा कार्यरत प्रहरी कर्मचारीहरूबाट सम्पादित कार्यको उचित मुल्यांकन गरी कार्य सम्पादनमा सुवेदी उत्कृष्ट प्रहरी घोषित भएका हुन् ।

सम्पादनमा प्रभावकारीता एवं थप हौसला प्रदान गर्ने उद्देश्यले प्रत्येक महिनामा ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गर्ने अभिप्रायले तयार पारिएको ‘महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधी–२०८१’ को अधिनमा रही मातहत सम्पुर्ण कार्यालयहरुबाट सिफारिस भई आएका उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरु मध्येबाट सुवेदी फागुन महिनाको सर्वोत्कृष्ट छनौट भएको गन्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय