स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १

निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप

निर्विरोध निर्वाचित भएको घोषणा गर्न माग गर्दै दमौलीको आदिवि भानुभक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुका सभापती र सचिवका उम्मेदबारले उच्च अदालत पोखरामा रिट दर्ता गरेका छन् । सभापती पदका उम्मेदबार सविन लामिछाने र सचिव पदका उम्मेदबार आशिष पौडेलले शुक्रबार उच्च अदालत पोखरामा उत्प्रेषण परमादेशको माग गर्दै रिट निबेदन दर्ता गरेका हुन् ।

रिटमा लामिछाने र पौडेलले चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि क्याम्पसबाट गठित निर्वाचन समितिले निर्वाचन निर्देशिकाको उल्लंघन गरेको आरोप लगाएका छन् । त्रिभुवन विश्व विद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय निर्वाचन अनुगमन तथा समन्वय समितिले गत मिति २०८१ फागुन ९ गते प्रकाशित गरेको स्ववियु निर्वाचन २०८१ को निर्वाचन कार्यतालिकामा प्रतक्ष्य र समानुपातिक दुबै तर्फको उम्मेदबारको मनोनयन पत्र दाखिला गर्ने समय फागुन २७ गते विहान ११ बजेदेखी २ बजेसम्म र मतदान चैत ५ गते विहान ८ बजेदेखी साँझ ४ बजेसम्म तोकिएको थियो ।

त्रिभुवन विश्व विद्यालयको तोकेको निर्वाचन कार्यतालिका अनुसार विहान ११ बजेदेखी २ बजेसम्म रहेकोमा उक्त समय भित्र अनेरास्ववियुका उम्मेदबारको मात्र उम्मेदबारी परेको थियो । उक्त समय अन्य संगठनको उम्मेदबारी परेको थिएन । तर आदिकवि क्याम्पसको निर्वाचन प्रबन्ध समितिले कसैसँग परामर्श नगरि एकतर्फी रुपमा उम्मेदबारी दर्ता गर्ने समय साँझ ५ बजेसम्म थप गरेको थियो । यसर्थ त्रिविले प्रकाशित गरेको निर्देशिकाको उल्लंघन गर्दै क्याम्पसले आफुखुसी समय थप गरेको हुँदा उक्त थपिएको समयमा दर्ता भएको उम्मेदबारी अबैध ठहर गरि निर्धारित समयमा दर्ता भएको सभापती सविन लामिछाने र सचिव आशिष पौडेल रेहको टिमलाई सर्वसम्मत निर्वाचित भएको घोषणा गर्न माग रिटमा माग गरिएको छ ।

यस सम्बन्धमा क्याम्पसको निर्वाचन प्रबन्ध समितिलाई जानकारी गराई सर्वसम्मत घोषणा गर्न माग गरिएपनि निर्वाचन समितिले आफुहरुको अनुरोध वेवास्ता गरेको रिटमा जनाईएको छ । निर्वाचन समितिले निर्वाचन कार्यतालिका अनुसारको कार्य नगरि स्ववियु निर्वाचन सम्बन्धी निर्देशिका २०८१ को दफा ७ विपरितको कार्य गरि नेपालको संविधानको धारा १८ बमोजिम कानुनको दृष्टिमा समान हुने र कानुनको समान संरक्षणबाट बन्चित नगरिने धारा ४२ बमोजिम सामाजिक न्यायको हक विपरितको कार्य गरेको हुँदा निर्धारित समय पछि दर्ता भएको अन्य संगठनको उम्मेदबारी खारेज गरि तोकिएको समय भित्र दर्ता भएको मनोनयनलाई सर्वसम्मत रुपमा निर्वाचित गराउनु भनि विपक्षी आदिकवि भानुभक्त क्याम्पस, निर्वाचन प्रबन्ध समिति, निर्वाचन प्रबन्ध समितिका संयोजक विश्वेश्वर तिमिल्सेना र त्रिभुवन विश्व विद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिलाई परमादेशको आदेश दिन माग गरिएको छ । साथै प्रस्तुत रिट निबेदनको माग सम्बोधन नभएसम्मका लागि निर्वाचन सम्बन्धि कुनैपनि गतिविधि सन्चालन नगराउनका निमित्त अन्तरिम आदेशको माग समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक