पत्रकार तथा सन्चार माध्यमको सुरक्षाको प्रत्याभुती दिलाउन प्रेस चौतारीद्वारा माग

Devghat Online

शेयर गरौ

काठमाडौं । चैत १७

प्रेस चौतारी नेपालले पत्रकार तथा सन्चार माध्यमको सुरक्षाको प्रत्याभुती दिलाउन सरकारसँग माग गरेको छ । प्रेस चौतारी नेपालले आइतबार सुचना तथा सन्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाउँदै पत्ररकार तथा सन्चार माध्यमको सुरक्षा गर्न माग गरेको हो ।

कथित राजावादी समूहको नाममा गत चैत १५ गते काठमाडौंमा भएको अराजकतापूर्ण र हिंसात्मक प्रदर्शनका क्रममा समाचार संकलनमा रहेका पत्रकारको हत्या भएको र पत्रकार तथा सञ्चारमाध्यममाथि सुनियोजित रुपमा आक्रमण भएको घटनाले प्रेस चौतारी नेपाल स्तब्ध बनेको भन्दै ज्ञापनपत्रमा प्रदर्शनका क्रममा भएका आतंकपूर्ण र हिंसात्मक घटनाले सिंगो सञ्चार क्षेत्र त्रसित र मर्माहत भएकाले सञ्चारमन्त्री मार्फत नेपाल सरकारसमक्ष प्रेस चौतारी नेपालका तर्फबाट ध्यानाकर्षणसहित कडा कदम चाल्न माग गरिएको छ ।

काठमाडौंको तीनकुनेमा प्रदर्शनकारीले हिंसात्मक ढंगले निजी भवनमा आगजनी गर्दा सोही भवनको माथिल्लो तलामा बसेर समाचार छायांकन गरिरहेका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको कार्यस्थलमै जलेर मृत्यु भएको छ । आन्दोलनकारीले लुटपाट गरेको भिडियो सार्वजनिक हुने डरले रजकलाई आगो लागेको भवनमै थुनेर बाहिर निस्केको विवरणहरू आइरहेका छन् । घटनापछि प्राप्त दृष्यहरूले उनको सुनियोजित रुपमै हत्या गरेको गम्भीर आशंका उब्जाएको भन्दै ज्ञापनपत्रमा कार्यस्थलमै एक जना पत्रकारले जिउदै जलाएर ज्यान लिने र पत्रकारले मृत्युवरण गर्नुपर्ने कहालीलाग्दो र आततीय घटनाको छानबिन गरी दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ । साथै, मृतक पत्रकार रजकका परिवारलाई न्याय, राहत तथा परिपूरणको व्यवस्था गर्न आग्रह गरिएको छ ।

राज्यबाट इजाजत लिएर सञ्चालन भइरहेको एभिन्यूज टेलिभिजनलगायतका सञ्चारमाध्यमका सञ्चालक र केही सञ्चारकर्मीले चैत १५ गतेको हिंसात्मक आन्दोलनमा ऐक्यबद्धता जनाउँदै प्रतिगमनलाई मलजल गर्ने गरी संविधानविपरीत समाचार सामाग्री प्रकाशन÷प्रशारण तथा संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा मिडिया परिचालन गरिरहेको भन्दै ज्ञापनपत्रमा मृतक रजकको हत्याको घटनामा सम्बन्धित टेलिभिजनका सञ्चालकलाई पनि जवाफदेही बनाउन तथा मृतक रजकले पाउन बाँकी तलब तथा श्रमजीवी पत्रकार ऐनअनुसार पाउनुपर्ने सम्पूर्ण सेवा÷सुविधा उपलब्ध गराउन टेलिभिजन व्यवस्थापनलाई कानुन अनुसार बाध्यकारी बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रेस चौतारी नेपालको टोलीले चैत १६ गते अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय, कान्तिपुर टेलिभिजन, हिमालय टेलिभिजन र अनलाइन खबर डटकममा स्थलगत अनुगमन तथा घटना विवरणबारे जानकारी लिएको र अनुगमनका क्रममा अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय तथा कान्तिपुर टेलिभिजनको भवनमा क्षति पुगेको पाइएको तथा हिमालय टेलिभिजनको गाडी तोडफोड हुनुका साथै समाचार संकलनमा रहेका पत्रकारहरू घाइते भएको र अनलाइन खबर डटकमका फोटो पत्रकार दिनेश गौतम प्रदर्शनकारीको आक्रमणबाट खुट्टा भाँचिएको भन्दै तोडफोड र आक्रमणबाट क्षति भएका सञ्चारमाध्यमहरूलाई क्षतिपूर्ति दिलाउन तथा घाइते पत्रकारको उपचारको उचित व्यवस्था गर्न प्रेस चौतारीले सरकारसँग माग गरेको छ ।

 

शान्तिपूर्ण प्रदर्शन गर्न पाउनु नागरिक अधिकार भएपनि आन्दोलनको बाहानामा भएका यस्ता अराजक एवं आपत्तिजनक गतिविधिको शिकार पत्रकार र सञ्चारमाध्यम हुनु गम्भीर चिन्ताको विषय भएको जनाउँदै ध्यानाकर्षण काठमाडौंमा चैत १५ सम्पन्न प्रेस चौतारी नेपालको केन्द्रीय समितिको प्रथम बैठकले यस्ता अराजकतापूर्ण घटनाको कडा शब्दमा निन्दा र भत्र्सना गरेको जनाएको छ ।

सो घटनामा संलग्न दोषीहरूमाथि कडा कारबाही गर्न पनि बैठकले सरकारसँग माग गरेको छ । जनताको बलिदानी, कष्टसाध्य संघर्ष र त्यागबाट प्राप्त नेपालको लोकतान्त्रिक गणतन्त्रमाथि धाबा बोल्दै भइरहेका यस्ता अराजक गतिविधिलाई तत्काल निष्तेज गर्न सरकार समक्ष जोडदार माग गरिएको छ । साथै, यो काममा सरकारलाई सिंगो नेपाली सञ्चार क्षेत्रको साथ रहेको अवगत गराइएको छ ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको अधिकारको सम्मान गर्दै पत्रकारहरूको सुरक्षाको प्रत्याभूति दिलाउन तथा निर्वाध रुपमा समाचार संकलन, सम्प्रेषण र प्रकाशन÷प्रशारणमा अवरोध सिर्जना नहुने गरी पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति दिलाउन सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र