तनहुँ । चैत २३
ऐतिहासिक महत्वका स्थानहरुको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाको आयोजनामा तेस्रो ऐतिहासिक गोरखा–जितगढी पदयात्राको तयारी गरिएको छ ।



पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचार गर्दै कोट, गढी, किल्लाहरुको संरक्षण गर्ने र इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउनुका साथै एकीकरण अभियानको संरक्षण सम्बन्धी अभियान भावी पुस्तमा हस्तान्तरण गर्ने उद्देश्यले चैत २८ गतेदेखि बैशाख ७ गते सम्म पदयात्रा हुन लागेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरब कुमार केसीले जानकारी दिए । प्रवक्ता केसीले भने ‘हाम्रा बीर पुर्खाहरुले प्रदर्शन गरेका बहादुरी, देशको स्वाधनिताको रक्षार्थ प¥याउनु भएको योगदान र बीरताको जानकारी अहिलेको युवा पुस्ता विशेषगरी विद्यार्थीहरुलाई जानकरी गराउनु आवश्यक छ ।’
‘एकिकरणण पदयात्रााको चाहना, राष्ट्रिय एकताको भावना’ भन्ने उद्घोषका साथ गोरखा–जितगढी पदयात्राको तयारी बारे तनहुँको दमौली चापाघाटमा रहेको कालिभञ्जन गण ( ई ) ले शनिबार आयोजना गरेको सम्बन्धित पालिकाका प्रमुख, सुरक्षा प्रमुखहरुको पहिलो चरण्को बैठकमा पदयात्राबारे जानकारी गराइएको छ ।
राष्ट्रिय एकताको भावना जागृत हुनेगरी नेपाली सेनाको अगुवाइमा ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल पदमार्ग लगायत धरोहरको संरक्षण, सम्बद्र्धन गर्ने उद्देश्यसहित यसवर्ष पनि पदयात्रा गर्न लागिएको प्रति ब्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले खुशी ब्यक्त गर्दै पदयात्रा ऐतिहासिक भएकाले स्थानीयको पनि साथ, सहयोग र सहकार्य हुन जरुरी रहेको भन्दै नेपालको ऐतिहासिक विषयवस्तु नयाँ पुष्तालाई हस्तान्तरण गर्न आवश्यक रहेकोमा जोड दिए ।
गोरखाबाट चैत्र २८ गते देखि सुरु हुने पदयात्रा तनहुँ, पाल्पा हुँदै जितगढी पुग्नेछ । गोर्खाबाट शुरु भएको पदयात्रा साँझ तनहुँको ऐतिहासिकस्थल सतिघाट हुँदै भानु १ भन्सार ग्रीनपार्क आइपुग्ने र त्यहाँ स्थानीयवासीको सहभागितामा स्वागतको कार्यक्रम गरिने भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले बताए ।
तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले ऐतिहासिक पदयात्रामा स्वागत र साथ दिन जिल्लाबासीलाई अनुरोध गरे । पदयात्राले नेपालको ईतिहास बोकेको हुँदा सबै नेपालीले गौरब गर्नु पर्ने प्रजिअ थापाले बताए । पदयात्राले पर्यटन क्षेत्रको विकासमा समेत सहयोग पु¥याउने विश्वास उनले ब्यक्त गरे ।
गोरखा दरबारबाट चैत २८ गते सुरु हुने पदयात्रा सोही दिन ३५ किलोमिटर दूरी पार गर्दै तनहुँको सतिघाट हुँदै भन्सार सम्म आइपुग्नेछ । गोर्खाको रिपुमर्दन गणले भन्सारबाट भानु नगरपालिकास्थित रुरु भैरव दल गणलाई पदयात्राको झण्डा हस्तान्तरण गर्नेछ । भन्सारबाट २९ गते प्रस्थान गर्ने टोली तनहुँकै भिमसेन गढी हुँदै बाङ्गेरह, सेपाबगैँचा, टुहुरेपसल हुँदै तनहुँसुर आइपुग्नेछ । तनहुँसुर दरबारमा व्यास नगरपालिकाको समन्वयमा पदयात्रीलाई स्वागत गर्ने कार्यक्रम छ ।
तनहुँसुर आएर उक्त पद यात्राको झण्डा कालीभञ्जन गण (ई) लाई हस्तान्तरण गर्ने कार्यक्रम छ । तनहुँसुरबाट पदयात्रा टोली तनहुँकै धेनुङ देउराली पुग्नेछ । धेनुङ देउरालीमा श्री नम्बर ३ राजदल गणलाई झण्डा हस्तान्तरण गरिनेछ । धेनुङ देउरालीबाट केलादीघाटसम्म पुगेको टोलीलाई श्री दि फेमस महेन्द्रदल गणलाई झण्डा हस्तान्तरण गरिने सेनाले जनाएको छ । केलादीघाटदेखि नुवाकोटगढीसम्म पुगेको टोलीलाई गरुणदल गणलाई झण्डा हस्तान्तरण गर्ने र वैशाख ७ गते पदयात्रा टोली नुवाकोटगढीदेखि जीतगढीसम्म पुग्ने कार्यक्रम रहेको कालीभञ्जन गण (ई) गण दमौलीका गणपति प्रमुख सेनानी बसन्त कार्कीले जानकारी दिए ।
पदयात्रामा बाजागाजा, राष्ट्रिय झण्डा तथा एकीकरणको दौरानमा स्थापना भएका पाँच प्रथम कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज) र जितगढी लडाइमा सहभागी गुरुबक्स गुल्मको झण्डा समावेश गरिने नेपाली सेनाले जनाएको छ । गोरखादेखि जितगढीसम्मको दूरी ३ सय ५ किलोमिटर रहेको छ । नेपाली सेनाले हरेक वर्ष गोरखा–जितगढी पदयात्रा गर्दै आएको छ ।
पृथ्वीनारायण शाहले ई.सं. १७४३ मा गोरखा राज्यको राज्योरोहण पश्चात् पुर्व तर्फको एकीकरण अभियान शुरू गरेका थिए । तत्कालिन प्रधानमन्त्री भीमसेन थापाको समयमा पाल्पा राज्यलाई नेपाल राज्यमा एकीकरण गरिनुको साथै नेपालको सिमाना पूर्वमा भारतको टिष्टा नदी र पश्चिोममा सतलज नदीसम्म पुर्याउन नेपाली सेना सफल भएको थियो ।
ई.सं. १८१४ मा भएको नेपाल अंग्रेज विरुद्ध जितगढीको लडाईमा अंग्रेजको दोस्रो प्रयासलाई नेपाली सेनाका ५ वटा प्रथम कम्पनिको फौजले रणकौसलता पूर्वक विजय हासिल गरेका। युद्धमा विरता देखायका विर युद्धा कर्णेल उजिर सिंह थापाको नेतृत्वमा अग्रेजलाई हराएका दिन विजय उत्सवको रुपमा मनाउने तथा ईतिहासका गौरवशाली विम्ब र धरोहरहरुलाई समवर्दन तथा प्रवद्र्धन गर्नुका साथै ईतिहासलाई दिर्घकालिनको रुपमा जिवन्त राख्न गोरखा–जितगढी पदयात्रा कार्यक्रमको थालनी भएको नेपाली सेनाले जनाएको छ ।












