डढेलोबाट वन जोगाउन देवघाटका उपभोक्ता सक्रिय

Devghat Online

शेयर गरौ

देवघाट । चैत २३

देवघाट गाउँपालिका–५ का विभिन्न सामुदायिक वन समुहका उपभोक्ताहरु डढेलोबाट वन क्षेत्र जोगाउन सक्रिय भएका छन् । वन डढेलो रोकथाम तथा नियन्त्रणका लागी विभिन्न सामुदायिक वनका पदाधिकारीहरुले पहल गरेका छन् ।

चक्रवर्ती सामुदायिक वन उपभोक्ता समुहले शुक्रबार डढेलोबाट वन संरक्षण सम्बन्धि प्रशिक्षण प्रशिक्षण र वन क्षेत्रको विभिन्न स्थानमा अग्निरेखा निर्माण र सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।

सो प्रशिक्षण कार्यक्रममा सामुदायिक वन उपभोक्ता समितिका करिब १ सय ६० जना सहभागीहरुलाई सव डिभिजन वन कार्यालय देवघाटका वन अधिकृत कृष्ण प्रसाद भट्टले वन सम्बन्धी प्रशिक्षण दिएका थिए ।\

उक्त कार्यक्रम देवघाट ५ वडाका पुर्व अध्यक्ष यालबहादुर गुरुङ, सामुदायिक वन अनुगमन संयोजक टेकराज सापकोटा, सव डिभिजन कार्यालय देवघाटका वन प्राविधिक दिपक सिलवाल, लोकराज उपाध्याय, देवपुर टोलबिकास संस्थाका अध्यक्ष सुकु गुरुङ लगायत सामुदायिक वनका कार्यसमिति पदाधिकारीहरु एवं उपभोक्ताहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रम सामुदायिक वनका अध्यक्ष डिलबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

यसैगरि कालिका सामुदायिक वन, रानीवन सामुदायिक वनले पनि डढेलोबाट जोगाउन वन क्षेत्रहरुमा अग्निरेखा, सरसफाई तथा प्रशिक्षण कार्यक्रमहरु आयोजना गरेका छन् । पछिल्लो समयमा वन डढेलोले ठुलो रुप लिई गाउबस्तीमा पस्ने गरेको र वन डढेलोको कारण अहिले हरेक ठाउँमा वायुप्रदुषण बढेको हुँदा सो प्रदुषण र सो आगोलागीबाट बच्नको लागि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको सामुदायिक वनका पदाधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो