दुर्गा निधि कौडल (नबराज) । काठमाडौं, चैत २३
काठमाडौं न्यू क्यासल स्कुल गुणस्तरीय शिक्षाको पर्याय गुणस्तरीय शिक्षाको खोजीमा रहेका अभिभावक र विद्यार्थीहरूको पहिलो रोजाइ बन्दै गएको काठमाडौं न्यू क्यासल स्कुलले आधुनिक शिक्षण प्रणाली, विद्यार्थीमैत्री वातावरण, नवीनतम प्रविधि, र सर्वाङ्गीण विकासका लागि आवश्यक सम्पूर्ण सुविधाहरू उपलब्ध गराउँदै आएको छ ।



उक्त विद्यालय विद्यार्थीलाई सिर्जनशील, खोजमूलक र आत्मनिर्भर बनाउने लक्ष्यका साथ निरन्तर अगाडि बढिरहेको छ । काठमाडौं न्यू क्यासल स्कुलको स्थापना आधुनिक शिक्षाको नयाँ युग प्रारम्भ गर्ने उद्देश्यले गरिएको हो । शिक्षालाई केवल किताबी ज्ञानमा सीमित नराखी, विद्यार्थीहरूको समग्र विकासमा केन्द्रित गर्न विद्यालय प्रतिबद्ध छ ।
शिक्षामा नवीनतम प्रविधिको प्रयोग गर्ने, विद्यार्थीलाई विश्वस्तरीय शिक्षा प्रदान गर्ने, नैतिकता, अनुशासन, र नेतृत्वदायी क्षमता विकास गर्ने र अनुसन्धानमुखी शिक्षण प्रणालीलाई प्रोत्साहित गर्ने विद्यालयले लक्ष्यहरू राखेको छ ।

सर्वाङ्गीण विकासका लागि शैक्षिक, साँस्कृतिक, र खेलकुद गतिविधिहरूमा जोड दिने विद्यालयको सफलता पछाडिको मुख्य कारण यसका कुशल नेतृत्वकर्ता, अनुभवी शिक्षकहरू, प्रविधिमैत्री वातावरण, र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमको प्रभावशाली संयोजन हो । सुविधासम्पन्न पूर्वाधार र प्रविधिमैत्री वातावरण मा रहेको न्यू क्यासल सेकन्डरी स्कुलले विद्यार्थीहरूलाई उत्कृष्ट सिकाइ अनुभव प्रदान गर्न अत्याधुनिक पूर्वाधार उपलब्ध गराएको छ । विद्यालयमा स्मार्ट कक्षाकोठाहरू नवीनतम प्रविधिहरू प्रयोग गरी पाठ्यक्रमलाई रोचक र प्रभावकारी बनाइन्छ, ।
त्यस्तै अत्याधुनिक विज्ञान प्रयोगशाला विज्ञानको गहिरो अध्ययनका लागि आधुनिक उपकरणहरूले सुसज्जित प्रयोगशालाहरू, डिजिटल लाइब्रेरी पुस्तकहरू मात्र नभई, ई–पुस्तक, अनुसन्धान सामग्रीहरू र डिजिटल स्रोतहरू सहितको पुस्तकालय, कम्प्युटर तथा रोबोटिक्स ल्याब, विद्यार्थीहरुलाई प्रविधिमा दक्ष बनाउन उच्चस्तरीय कम्प्युटर र ल्याब, कला, संगीत, र खेलकुद सुविधाहरू, सिर्जनशीलता र शारीरिक विकासलाई प्रवद्र्धन गर्न विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू विद्यालयका विशेषताहरु रहेका छन् ।
अनुभवी शिक्षकहरू र विद्यार्थीमैत्री शिक्षण शैली लाइ अबलम्बन गर्दै सोहि विद्यालयमा दक्ष र अनुभवी शिक्षकहरूको समूह छ, जसले विद्यार्थीहरूलाई समुचित मार्गदर्शन प्रदान गर्छन् । शिक्षकहरू मात्र ज्ञान प्रदान गर्ने भूमिका निर्वाह गर्दैनन्, उनीहरू विद्यार्थीहरूको व्यक्तिगत तथा बौद्धिक विकासका लागि समेत समर्पित रहन्छन् । सिकाइलाई केवल किताबी ज्ञानमा सीमित नराखी, प्रयोगात्मक शिक्षण विधिहरू अपनाएर विद्यार्थीहरूलाई व्यवहारिक सीप प्रदान गरिन्छ।

सामाजिक र नैतिक शिक्षामा विशेष ध्यान दिदै आएक न्यू क्यासल स्कुलले शिक्षा मात्र होइन, विद्यार्थीहरूलाई जिम्मेवार नागरिक बनाउन सामाजिक तथा नैतिक शिक्षामा पनि विशेष ध्यान दिन्छ। विद्यार्थीहरूलाई परोपकार, नेतृत्व, र समाजसेवाका गतिविधिमा संलग्न गराइन्छ । विद्यालयले समाजका विभिन्न क्षेत्रहरूसँग सहकार्य गर्दै समाजसेवामा समेत अग्रसरता लिने अवसर प्रदान गर्छ। अनुसन्धानमुखी शिक्षण पद्धति लाइ जोड दिदै विश्वव्यापीकरणको युगमा सफल हुनका लागि विद्यार्थीलाई सिर्जनशील सोच, अनुसन्धानमुखी दृष्टिकोण र समस्या समाधान गर्ने क्षमताको विकास अत्यावश्यक छ ।
विद्यार्थीलाई विश्वस्तरीय शिक्षा प्रदान गर्नेले स्टेम शिक्षालाई प्राथमिकता दिँदै वैज्ञानिक अनुसन्धान र नवीन सोचको विकासमा विशेष ध्यान दिएको छ । विद्यार्थीलाई विश्वस्तरीय शिक्षा प्रदान गर्नेले शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीहरूको उज्जवल भविष्य सुनिश्चित गर्ने लक्ष्य लिएको छ। यहाँ प्रदान गरिने शिक्षाले विद्यार्थीहरूलाई केवल परीक्षामा मात्र होइन, जीवनका सबै पक्षमा सफल बनाउने उद्देश्य राख्छ । उत्कृष्ट नेतृत्व, अनुभवी शिक्षकहरू, आधुनिक प्रविधि र उत्कृष्ट पूर्वाधारको कारण यो विद्यालय अभिभावक तथा विद्यार्थीहरूको पहिलो रोजाइ बन्दै गएको छ । नयाँ युगको शिक्षालाई आत्मसात गर्दै, विद्यार्थीलाई विश्वस्तरीय शिक्षा प्रदान गर्नेले शिक्षाको क्षेत्रमा नवीनतम सम्भावनाहरू सिर्जना गर्ने यात्रामा अविचलित रूपमा अघि बढिरहेको छ ।
विद्यालयले लोभलाग्दो पाठ्यक्रम र कार्यक्रमहरू प्रदान गर्दैछ, जसमा आइसिटीका कोडिङदेखि पाइथन प्रोग्रामिङ, अटोमेसन, रोबोटिक्स, एआइ र कम्प्युटर भिजनका विषयहरू समावेश छन्। साथै, खेलकुदका लागि आफ्नै फुटसल ग्राउन्ड, क्रिकेट, ब्याडमिन्टन, टेबलटेनिसको व्यवस्थापनले गर्दा यो विद्यालय अभिभावकहरूको रोजाइमा परेको छ । अहिले पनि धेरै विद्यालय र कक्षाहरू परम्परागत शिक्षण विधिहरूसम्म सीमित छन्, जहाँ शिक्षकलाई प्रमुख मानिन्छ ।
विद्यालयको उपलब्धि सीमित विद्यार्थीको उपलब्धिलाई मात्र मानेको पाइन्छ, र परीक्षामा प्राप्त अंकलाई पनि उपलब्धि मान्ने प्रवृत्ति छ । विद्यालयको गुणस्तर मापन एसइईमा प्राप्त ग्रेडमा केन्द्रित नभई विद्यार्थीहरुको सर्वागिण विकास अत्यन्तै महत्वपूर्ण हुन्छ । महत्वपूर्ण विषयहरू कक्षाको गतिविधिहरूमा आधारित भएर वास्तविक सिकाइमा अगाडि बढिरहेका छन् कि छैनन् भन्ने कुरा महत्वपूर्ण हुन्छ । कक्षाको औसत सिकाइ उपलब्धि कस्तो छ, वर्कशपमा आधारित सिकाइ छ कि छैन भन्ने कुरामा यस विद्यालयले विशेष ध्यान दिएको छ ।












