महिला उद्यमी संघ नेपाल तनहुँको चौथो साधारण सभा एवम् दोस्रो अधिवेशन सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २७

महिला उद्यमी संघ नेपाल तनहुँको चौथो साधारण सभा एवम् दोस्रो अधिवेशन बुधबार दमौलीमा सम्पन्न भएको छ । कार्यक्रमको व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै न्यौपानेले तनहुँ महिला सशक्तीकरणमा अझै पनि कमजोर रहेको उल्लेख गर्दै अझै सशक्तीकरणको क्षेत्रमा काम गर्न आवश्यक रहेको बताए । भइरहेको उद्यमशिला मात्र भन्दापनि अबको समयमा नयाँ पुस्ताको माग र अपेक्षा अनुसार उधमशिला अघि बढाउनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘अब आशीर्वादले चल्ने दिन सकिए, जो क्रियाशिल छ, इमानदार छ, उ मात्र अघि बढ्छ, अरु पछि पर्छ ।’ साथै संघले सबै क्षेत्रमा गरिरहेका उद्यमी महिलाहरू समेटिएको भन्दै खुसी समेत व्यक्त गरे ।

कार्यक्रममा व्यास–२ का वडा अध्यक्ष काशीराम श्रेष्ठले महिला उद्यमीको उत्कृष्ट कार्य सम्पादनले गौरवान्वित बनाएको बताए । साथै उद्यमीहरुलाई सधैं सकारात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महिला उद्यमी महासंघ नेपालकी केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश संयोजक पार्वती पौडेल रेम्मीले महिलाहरूको अथक परिश्रमले देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान गर्न सफल भएको बताइन् । साथै उद्यमशिलता विकास र प्रवद्र्धनमा स्थानीय सरकारले खेलेको भूमिकाको प्रशंसा व्यक्त गरिन् ।

महिला उद्यमी संघ नेपाल कास्कीका अध्यक्ष सरु बरालले महिला र पुरुष उद्यमीको समन्वय र सहकार्य आवश्यक रहेको बताइन् । साथै उद्यमी सञ्चालन क्रममा व्यहोर्नुपर्ने कानुन प्रक्रिया सहज भए थप प्रोत्साहन मिल्ने बताइन् ।
उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्रले सफल महिला उद्यमीहरूको निरन्तर प्रयासले महिला उद्यमी संघ तनहुँले छोटो समयमै नेपालमै उत्कृष्ट हुन सफल भएको भन्दै खुसी व्यक्त गरे ।

संघकी अध्यक्ष निर्मला मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मानकाजी श्रेष्ठ, भुजेल महिला समाजकी केन्द्रीय अध्यक्ष बसुन्धरा घर्ती, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष धनपति अधिकारी (डिपी), ब्रह्माकुमारी ईश्वरीय विश्व–विद्यालयकी ब्रह्मा कुमारी यमुना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही अवसरमा महिला उद्यमी संघ तनहुँको ४ इकाइमध्ये कार्य सम्पादनमा शुक्लागण्डकी इकाइ उत्कृष्ट घोषित भएकोमा सम्मानित गरिएको छ । यस्तै शुक्लागण्डकीस्थित नमुना जलदेबि कृषि समूह र व्यास–१० की मिना नेपालीलाई सफल उद्यमी सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष तुलसी शाहले गरेकी थिइन् भने महासचिव सरस्वती श्रेष्ठ (सरु) ले गरेकी थिइन् । कार्यक्रममा सचिवको प्रतिवेदन महासचिव श्रेष्ठले प्रस्तुत गरेकी थिइन् भने कोषाध्यक्ष आशा बानियाँले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

तिन पत्रकार सम्मानित

यसैविच महिला उद्यमी संघ नेपाल तनहुँले तीन जना पत्रकारलाई सम्मान गरेको छ । संघको बुधबार दमौलीमा सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिवेशनको अवसरमा उनीहरूलाई सम्मान गरिएको हो ।

सम्मानित हुने पत्रकारहरूमा नेपाल पत्रकार महासंघका सदस्य बिकास खनाल, प्रादेशिक खबर राष्ट्रिय दैनिककी कार्यकारी सम्पादक शिला वाग्ले र तनहुँ तरंग मिडियाकी संवाददाता मनिता पन्थ रहेका छन् ।

संघको गतिविधि पत्रकारितामार्फत प्रचारप्रसार गरेको योगदानका लागि उनीहरूलाई सम्मान गरिएको संघले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि बैकुण्ठ न्यौपाने र संघकी अध्यक्ष निर्मला मल्लले सम्मानपत्र तथा दोसल्ला ओढाएर पत्रकारहरूलाई सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको