भिरबाट खसेको ढुङ्गाले लागि एक्साभेटर चालकको मृत्यु

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २६

बन्दिपुर गाउँपालिका वडा नम्बर ४ चुनपहरा स्थित पृथ्वीराजमार्ग सडक खण्डमा भिरबाट खसेको ढुङ्गाले लाग्दा मजदुरको मृत्यु भएको छ ।

पृथ्वीराजमार्ग सडक खन्डमा बाटोको काम गर्न प्रयोग भएको चाइनिज कम्पनीको जीटु–०१३ नम्बरको एक्साभेटर बिग्रिएर बनाउने क्रममा सोही एक्साभेटरका चालक जिल्ला व्यास नपा वडा नम्बर ९ बस्ने बर्ष नम्बर ४० को सुक बहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

भिरबाट अचानक खसेको ढुङ्गाले लागि घाइते भई मोती अस्पताल डुम्रे तनहुँमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि सिएमसी अस्पताल भरतपुर चितवन रीफर भएकोमा उक्त अस्पतालका चिकित्सकद्वारा मृत घोषणा गरेको र सो सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहँुका सुचना अधिकारी राजु अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता