म्याग्देले सुत्केरी गाई भैंसी पोषण खर्च दिने

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २

म्याग्दे गाउँपालिकाले सुत्केरी गाई भैंसीलाई पोषण खर्च दिने भएको छ । चालु आर्थिक वर्षको स्विकृत कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका सुत्केरी गाई भैंसीलाई पोषण खर्च उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।

उक्त कार्यक्रमको लागि गाउँपालिकाले ७ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

उक्त रकम प्राप्त गर्न कृषकले आफ्नो अन्य कागजात सहित सुत्केरी गाई भैंसी र उसबाट जन्मिएको बाच्छा÷बाच्छी वा पाडा÷पाडी सँगै देखिने गरि फोटो खिचेर उपलब्ध गराउनुपर्ने गाउँपालिकाले जनाएको छ ।
यस्तै म्याग्देले पशु विमा प्रिमियममा २० प्रतिशत रकम अनुदान समेत उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ