देवघाट गाउँपालिकाद्वारा खानेपानी तर्फ १ करोड ३८ लाख विनियोजन

Devghat Online

शेयर गरौ

देवघाट । बैशाख २

देवघाट गाउँपालिकाले खानेपानी तर्फ चालु आर्थिक वर्षमा १ करोड ३८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । खानेपानी योजना, मुहान, धारा, ट्याङ्की निर्माण तथा मर्मत लगायतको विभिन्न शिर्षकमा चालु आर्थिक वर्षमा १ करोड ३८ लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिए ।

अध्यक्ष थापाका अनुसार खानेपानी तर्फ विभिन्न १६ वटा योजनामा बजेट विनियोजन गरिएको छ । जसमा रानीवन खानेपानी दुबै मुहान मर्मत सम्भार (देवघाट ५ कालिमाटी) तर्फ ५ लाख, खानेपानी, पाइप, धारा फिटिङ ट्याङ्की मर्मत सम्मार को लागि २ लाख, ‎कचली खोला खानेपानी मुहान टंकी मर्मतको लागि २ लाख, ‎कालिकाटार खानेपानी योजनाको लागि ७ लाख, ‎मागको आधारमा विभिन्न बिद्यालयलाई खानेपानी समस्या निराकरणको लागि ५ लाख, ‎ज्यामिरे खोला खानेपानी मुहान टंकि र रिजर्भ ट्याङ्की निर्माणको लागि ६ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ ।

यसैगरि ‎लेकस्वरा फिदिम स्वाँरा खानेपानी आयोजनाको लागि ४० लाख, क्वादी खोला खानेपानी आयोजना प्रदेश सरकारसँग पहल गरि २० लाख रहेको छ । त्यसैगरि वडा स्तरिय योजना अन्तर्गत गोन्द्राङ खानेपानी योजनाको लागि ४ लाख, बिफिरे खोला खानेपानी मर्मतको लागि १ लाख पचास हजार, गोन्द्राङ खानेपानी आयोजनाको लागि १ लाख, करङस्वरा खानेपानी व्यवस्थापनको लागि ५ लाख, काफलडाँडा खानेपानी ट्याङ्की निर्माणकोलागि १० लाख, आमडाँडा खानेपानी ट्याङ्की निर्माणको लागि ७ लाख, जनज्योति आधारभुत विद्यालयमा खानेपानी ट्याङ्की निर्माणको लागि १ लाख २० हजार, पाखाटोल खानेपानी ट्यांकी निर्माणकोलागि ७ लाख र कोटा खानेपानी ट्याङ्की निर्माणको लागि १३ लाख ५० हजार विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा गुरुकुलका अध्यापकहरुकोलागि पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम

देवघाट । जेठ १६ पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरको आयोजनामा गण्डकी र बागमती प्रदेशका अध्यापकहरुको

जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती देवघाटमा (फोटो फिचर)

देवघाट । जेठ १५ श्री दक्षिणाम्नाय शृङ्गेरी शारदामठका अनन्तश्रीविभूषित जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती महाराजलाई शुक्रबार

दमौली आए जगतगुरु शंकराचार्यः ‘जगदगुरुको भ्रमणपछि व्यास जन्मभुमीलाई विश्वमाझ चिनाउन सहयोग पुग्ने’

तनहुँ । जेठ १४ हाल नेपालको धार्मिक यात्रामा रहेका दक्षिण भारतको शृंगेरी शारदापीठका पीठाधिश्वर जगद्गुरु