स्कुटरलाई ठक्कर दिने टिप्पर चालक पक्राउ

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २

गत चैत ३० गते म्याग्दे गाउँपालिका वडा नम्बर १ फुस्रेखोला स्थित पृथ्वीराजमार्ग सडकखण्डमा ग २५ प ५५२२ नम्बरको स्कुटरलाई ठक्कर दिई फरार रहेको ग १ ख ५८७५ नम्बरको टिप्परका चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दे गापा–३ का २९ बर्षीय रोशन श्रेष्ठ रहेका छन् ।

उक्त दुर्घटनामा स्कुटर चालक जिल्ला व्यास नपा वडा नम्बर ६ बस्ने १८ वर्षीय मनिस आले मगरको मृत्यु भएको थियो । सो घटनामा उक्त स्कुटरमा पछाडी सवार सोही ठाउँकी १५ वर्षीया अनिषा आले मगर घाईते भएकी थिइन् ।

उक्त दुर्घटना पश्चात् टिप्पर चालक फरार रहेका थिए । उनलाई बैशाख १ गते सोमबार पक्राउ गरि मंगलबार जिल्ला अदालतबाट अनुसन्धानकोलागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी तथा सुचना अधिकारी अशोक थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता