देवघाटका दुई युवाद्वारा हिमालयन हार्भेस्ट सन्चालन

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, बैशाख २

देवघाटका युवा अजित कुँवर र विधान कोइरालाले हिमालय हार्भेस्ट सन्चालन गरेका छन् । आयुर्वेदिक जडिबुटीबाट उत्पादित विभिन्न अर्गानिक खानेकुरा विक्रिको लागि चितवनको भरतपुर–१० कामनामार्गमा बैशाख १ गते सोमबारबाट हिमालय हार्भेस्ट सन्चालन गरिएको सन्चालक कुँवरले बताए ।

हिमालय हार्भेस्टमा सिलाजित, मोरिङ्गा पौडर, अमला पाउडर, लगायतका उत्पादन पाईने कुँवरले बताए । पैसाको लागि केही व्यक्तिहरुले सक्कली सामानमा नक्कली बस्तुहरु मिसाई बेचबिखन गर्दै आएको हुदा आफुहरुले ग्यारेन्टीका साथ सक्कली उत्पादन मात्र विक्री गर्ने कुँवरले बताए ।

नक्कली सामाग्रीको उपभोगले नागरिक झन विरामी पर्न थालेको हुँदा सक्कली सामाग्री मात्रै खरिद र उपभोग गर्नुपर्छ भन्ने सन्देश दिन पनि उक्त व्यवसाय गरिएको कुवँरले बताए । उक्त बस्तुहरु देश देखि बिदेशसम्म अनलाइन बाट समेत पठाउन सकिने उनले बताए ।

यसैविषयमा लामो खोज र अनुसन्धान गरेका तथा प्रयोग गरेका विज्ञ तथा चिकित्सकहरुसँग छलफल र परामर्श गरि उक्त व्यवसाय सन्चालन गरिएको कुँवरले बताए । उनका अनुसार सिलाजित जुम्लाबाट र अमला सुर्खेतबाट ल्याई विक्री गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

रोम विधान अनुमोदनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्रः दण्डहीनताको अन्त्य र पीडितको न्याय सुनिश्चित गर्न जोड

​पोखरा । साउन १ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको अगुवाइ तथा नेपाल पत्रकार