मृगौला पीडितलाई ऋषिङ गाउँपालिकाको आर्थिक सहयोग

Devghat Online

शेयर गरौ

विवेक श्रेष्ठ । तनहुँ, बैशाख ४

ऋषिङ गाउँपालिकाले मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । । भिमाद नपा–५ मिछुर्लुङका मृगौला पिडित राजेन्द्र थापाको मृगौला प्रत्यारोपणकालागि ऋषिङ गाउँपालिकाले ३० हजार रूपैयाँ आर्थिक सहयोग गरेको हो ।

ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले मृगौला पिडित थापाको निवासमा पुगेर उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण गर्दै अध्यक्ष श्रेष्ठले थापाको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

ऋषिङ गाउँपालिकाले कार्यविधी नै बनाएर उपचारमा सहयोग गर्दै आएको छ । मानिसमा लाग्ने जटिल रोगको उपचारमा आर्थिक सहयता दिने उदेश्यले कार्यविधी बनाएर उपचारका लागि आर्थिक सहयोग गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर