तनहुँ । बैशाख ४
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी–४ गल्छिनामा बुधबार साँझ दुई मोटरसाईकल ठक्कर खादा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी–३ कवासेका १९ वर्षीय रोमन लम्साल रहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक पोषण थापाले जानकारी दिए ।



दुलेगौंडाबाट खैरेनीटारतर्फ जादै गरेको लु १४ प २२४७ नम्बरको पल्सर मोटरसाईकल र खैरेनीटारबाट दुलेगौंडा आउदै गरेको लु प्र ०१००१ प ५६६८ नम्बरको मोटरसाईकल एक आपसमा बुधवार साँझ ठक्कर खाएको हो ।
दुलेगौंडा आउदै गरेका मोटरसाईकल चालक लम्सालको दुर्घटनापछि जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि पल्सर मोटरसाईकलका चालक शुनपा–४ का २० वर्षिय सुसान आले र सोहि ठाउँका १९ वर्षिय निश्चल गुरुङ घाइते भएका छन् ।
उनीहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था गम्भिर रहेको छ ।