देवघाटकी मनिषाले जितिन् कराँतेमा स्वर्ण पदक

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २७

गोरखामा सम्पन्न भएको १५ औं राष्ट्रपति रनिङ सिल्ड गण्डकी प्रदेश स्तरीय छनोट प्रतियोगितामा देवघाट गाउँपालिकाकी खेलाडी मनिषा गुरुङले कराँतेमा स्वर्ण पदक जितेकी छिन् । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा भएको उक्त प्रतियोगितामा कालिका मावि देवघाट–५ की छात्रा मनिषाले स्वर्ण पदक जितेकी हुन् ।

प्रतियोगितामा महिला एकल कातामा मनिषाले स्वर्ण जितेकी थिइन् । गन्डकी प्रदेशमा प्रथम भएसँगै मनिषाले काठमाडौंमा हुने १५ औ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गन्डकी प्रदेशको तर्फबाट भाग लिन पाउने भएकी छिन् ।

त्यसैगरि कुमुतेको पुरुष ५२ केजी समुह तर्फ देवघाटका दिलिप गुरुङ्गले कास्य पदक जितेका थिए । त्यसैगरि सटपुट तर्फ कालिका मावि देवघाटकी छात्रा परिमाया आलेले रजत पदक जितेकी थिइन् ।

उक्त प्रतियोगितामा शुक्लागन्डकीकी मन कुमारी लामाले पनि ताईक्वान्दोमा स्वर्ण पदक जित्न सफल भएकी थिइन् । प्रतियोगितामा तनहुँ जिल्लाले २ स्वर्ण, ७ रजत र १८ कास्य पदक जित्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो