भानुमा हरपिक, सर्फ र फिनेल बनाउने तालिम सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २७

भानु नपा–१३ को आयोजना एवं भानु नगरपालिका सामाजिक विकाश शाखाको स्विकृत दलित महिला लक्षित कार्यक्रम अन्तर्गत भानु नगरपालिकाको वडा नम्बर १३ को पोखरीछापमा हरपिक, सर्फ र फिनेल बनाउने तीन दिने तालिम सम्पन्न भएको छ ।

तालिमको समापन कार्यक्रममा बोल्दै भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामेले महिलाहरूले घरेलु उत्पादनका सीप सिकेर आत्मनिर्भर बन्ने यस्ता तालिमहरू स्थानीय तहका लागि अत्यन्त महत्वपूर्ण रहेको र नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताइन् ।

वडा नम्बर १३ का वडा अध्यक्ष कृष्ण बहादुर अधिकारीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख कृपाहरी लौडारी, सूचना प्रविधि अधिकृत राजिव घिमिरे, नगर कार्यपालिका सदस्य, वडा सदस्यहरु लगायतको सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

सो तालिममा प्रशिक्षक कमला अधिकारी र ईश्वरी अधिकारीले घरेलु सरसफाइ सामग्री (हरपिक, सर्फ, फिनेल) घरमै बनाउने विधिको बारेमा प्रशिक्षण दिएका थिए । तालिममा ५२ जना महिलाको सक्रिय सहभागिता रहेको थियो । तालिमका सहभागीहरूले तालिम उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास