घिरिङ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई स्थानीय आर्थिक विकास तालिम प्रदान

Devghat Online

शेयर गरौ

अन्जान परियार । घिरिङ, जेठ ३०

घिरिङ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले आगामी आर्थिक वर्षको बजेट निर्माण र स्थानीय आर्थिक विकासका लागि आवश्यक ज्ञान आर्जन गर्न तालिम लिएका छन्। गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा तीन दिने तालिम गाउँपालिका कार्यालयको सभाहलमा बिहीबार देखि सुरु भएको हो।

तालिमको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष होम बहादुर थापाले स्थानीय तहमा कार्यरत जनप्रतिनिधि तथा कर्मचारीहरू भित्र लुकेको क्षमता उजागर गर्ने र बजेट तर्जुमा प्रक्रियामा योगदान पुर्‍याउने उद्देश्यले तालिम महत्वपूर्ण भएको बताए। यो तालिमले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा सहयोग पुर्‍याउने अध्यक्ष थापाको भनाई थियो।

उक्त तालिममा ३७ जना जनप्रतिनिधि र कर्मचारीहरू सहभागी रहेका छन। तालिममा सहभागीहरूले स्थानीय आर्थिक विकासको अवधारणा, बजेट तर्जुमा प्रक्रिया, स्थानीय स्रोत र साधनको पहिचान तथा उपयोगका विषयमा प्रशिक्षण लिइरहेका छन्। सरोकारवालाको पहिचान, निजी क्षेत्रसँग सहकार्यको सम्भावना, लगानी प्रवर्द्धन, स्थानीय स्तरमा विकासका सम्भावित क्षेत्रहरू र योजना तर्जुमा प्रक्रियामा स्थानीय आर्थिक विकास समावेश गर्ने विषयमा प्रशिक्षक सूर्य विनोद पोख्रेल र शान्ति वरालाले प्रशिक्षण दिइरहेका छन्।

कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्र बाबु तिवारीले स्थानीय श्रोत पहिचान र प्रमुख क्षेत्रको विश्लेषणले स्थानीय आर्थिक विकासमा टेवा पुर्‍याउने बताए। उनले आगामी दिनमा प्रतिष्ठानले यस्ता तालिमहरू थप प्रभावकारी ढंगले सञ्चालन गर्ने पनि जानकारी दिए।

तालिमको व्यवस्थापनमा संलग्न गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका शाखा अधिकृत जित बहादुर रानाले तालिमको मूल उद्देश्य स्थानीय स्रोतको पहिचान गरी योजनाबद्ध बजेट निर्माण गर्न सहयोग पुर्‍याउने रहेको बताए।

 

तालिममा गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारी, प्रतिष्ठानका उपसचिव प्रभाकर घिमिरे, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्यहरू तथा गाउँपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती