देवघाट । जेठ ३१
देवघाट गाउँपालिकाका महिलालाई सेनेटरी प्याड बनाउने तालिम दिईएको छ । देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित रानिवन सामुदायिक वन उपभोक्ता समुहले उपभोक्ता महिलाहरुको लागि गत जेठ २५ गते देखी आयोजित उक्त सेनेटरी प्याड बनाउने तालिम शुक्रबार सम्पन्न भयो ।



उक्त समापन कार्यक्रमलाई सम्बोधन गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले तालिम प्रभावकारी रहेको बताउदै महिला दिदिबहिनीहरुलाई तालीमबाट आफैले सेनेटरी प्याड बनाउन सक्ने बन्न आग्रह गर्दै, आफैले बनाएको प्याड प्रयोग गर्नसके स्वास्थ्यका लागि पनि राम्रो,प्याडमा खर्च गर्ने पैसा पनि बचत हुने बताए ।

देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुँवरले महिलाहरुले आफैले सेनेटरी प्याड बनाउन सक्ने हो भने प्याडमा खर्च गर्ने पैसा बचत हुने बताए । आफैले उत्पादन गरेको प्याडमा केमिकल नहुने हुँदा त्यो स्वास्थ्यको लागि पनि फाईदाजनक हुने उनले बताए ।
गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्तले महिलाहरुको प्याड बनाउने कुरा महिलाहरुको स्वास्थसँग जोडिएको पन्तले बताए । प्याड बनाउने सीप व्यवसायमा जोडेको हुदा यसबाट आम्दानीमा परिवर्तन गरि पारिवारिक आर्थिक अबस्था सबल हुने पन्तले बताए । सेनेटरी प्याडको बजारिकरणको लागि गाउँपालिकाले पुर्ण रुपमा सहयोग गर्ने पन्तले बताए ।
रानीवन सामुदायिक वन समुहका अध्यक्ष टुकनाथ अधिकारीले महिला दिदिबहिनीहरुको लागी सेनेटरी प्याड बनाउने सिप प्रदान गरि महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिईएको बताए ।

तालिमकी प्रशिक्षक सावित्री भण्डारीले प्याड बनाउन जाने पछि यसको बजार व्यवस्थापन गर्नुपर्ने भण्डारीले बताए । गण्डकी प्रदेशमा पहिलो पटक सामुदायिक बनको तर्फबाट महिलाकोलागि प्याड बनाउने तालिम लिएको भण्डारीले बताइन् । मधुवन सामुदायिक वनका उपाध्यक्ष कमला देवकोटाले सीप सिकेर व्ययवसायमा लागू गर्नुपर्ने देवकोटाले बताइन् । सीप सिकेर व्यवहारमा उतार्न नसके सीप सिकेर अर्थ नहुने देवकोटाले बताइन् ।
कार्यक्रममा रानीवन सामुदायिक वनका सचिव इन्द्रा माया मगरले स्वागत मन्तव्य राखेकी थिइन् । वन समुहका अध्यक्ष टुकनाथ अधिकारीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।












