गण्डकी सरकारले ल्यायो ३१ अर्ब ९७ करोडको बजेट

Devghat Online

शेयर गरौ

पोखरा । असार १

गण्डकी सरकारले आर्थिक वर्ष २०८२/०८३ को लागि ३१ अर्ब ९७ करोड ७९ लाख ९९ हजारको बजेट ल्याएको छ। यो अघिल्लो वर्षभन्दा कम बजेट विनियोजन हो।

अर्थमन्त्री डा. टकराज गुरुङबाट प्रस्तुत सो बजेटमा चालूतर्फ १२ अर्ब ६३  करोड ६६ लाख ७५ हजार अर्थात् ३९.५ प्रतिशत तथा पुँजीगततर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार अर्थात् कुल विनियोजनको ५९.७ प्रतिशत रकम विनियोजित भएको छ।
वित्तीय व्यवस्थापनको लागि अर्थमन्त्री गुरुङले २५ करोड रुपैयाँ विनियोजन गरेका छन्।

बजेटको स्रोतको रुपमा अर्थमन्त्रीले वित्तीय समानीकरण अनुदानबाट वित्तीय ७ अर्ब ७३ करोड ८९ लाख,ससर्त अनुदानबाट ९ अर्ब ७९ करोड, रोयल्टी बाँडफाँटबाट ४९ करोड ८९ लाख, समपुरक  ६३ करोड ९७ ,विशेष अनुदानबाट ४८ करोड ८६ आउने अनुमान गरिएको छ।

आत्मनिर्भर र समुन्नत प्रदेश : सुखी प्रदेशबासी’ को नारासहित ल्याइइएको बजेटमा प्रदेश  सरकार स्वयंले आन्तरिक राजस्व परिचालनबाट चाहिँ ५ अर्ब ४५  करोड ८४ लाख प्राप्त हुने अनुमान गरिएको छ। त्यसो हुँदा बजेटमा २ अर्ब २४ करो्ड बचत हुने न्यून हुने र १ अर्ब ५४ लाख यो वर्षको बजेटबाट संचित हुन आउँदा त्यसलाई पनि उपयोग गरिने अर्थमन्त्री गुरुङको भनाइ छ।

चालू आर्थिक वर्ष २०८२/०८३ मा  गण्डकी प्रदेश सरकारले ३२ अर्ब ९७ अर्ब ८५ लाख ७५ हजारको बजेट ल्याएको थियो। जसमा चालुतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार र पुँजीगततर्फ १९ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ विनियोजन गरिएको थियो।

आर्थिक मामिला मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म पुँजीगततर्फ ४०.३ र चालुतर्फ ४२.५ प्रतिशत गरी ६८ प्रतिशत अर्थात् चालुमा ५ अर्ब ५९ करोड र पुँजीगतमा ७ अर्ब ८७ करोड रुपैयाँको हाराहारीमा खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको