विष्णु मगर । देवघाट, असार १
देवघाट गाउँपालिका वडा न ५ बगन्दी र भरतपुर चितवन २९ जाेड्ने झाेलुङ्गे पुल मर्मत गरिएको छ ।



गत वर्ष असाेज पहिलो सताकाे बाढीले क्षति पुर्याएको उक्त झाेलुङ्गे पुल जेष्ठ ३१ गते वाट पुल मर्मत थालिएको हो ।

उक्त पुल मर्मतको लागि भरतपुर महानगर पालिका वडा नम्बर २९ कार्यालय र देवघाट गाउँपालिकालाई पटक-पटक अनुरोध गर्दापनि कुनै सुनुवाइ नै नगरेपछि देवघाट-५ स्थित बगन्दी टाेल विकास संस्थाले देवघाट बगन्दी खानेपानी उपभोक्ता संस्थालाई निवेदन दिएपछि साे पुलकाे मर्मत खर्च देवघाट वगन्दी खानेपानीले खर्च ब्यहोर्ने गरि पुलको मर्मत थालिएको वडा नम्बर ५ की वडा सदस्य कमला गुरुङले बताइन् ।

गत वर्ष असाेजकाे बाढीले जिर्ण बनाएकाे उक्त झाेलुङ्गे पुल वर्षाै लाग्दा पनि नबने पछि बगन्दीबासी निराश भएकाे गुरुङले बताइन् । उक्त पुल मर्मतकाे लागि पालिकाले वजेट हाल्न नसक्दा बगन्दी बासिलाइ छुट्याएकाे महशुस भएकाे गुरुङले बताइन् ।
साे पुलकाे विषयमा गाउँपालिका र वडालाइ बारम्बार भन्दा पनि मुखले टार्ने काम मात्र भएकाे गुरुङले बताइन् ।












