किसान श्रेष्ठले गरे हेवा खोलाका घाइतेको निःशुल्क उपचारको माग, मृतकका परिवारलाई क्षतिपूर्ति दिइनुपर्ने

Devghat Online

शेयर गरौ

काठमाडौं । असार २

बाराको निर्वाचन क्षेत्र नं. ४ का सांसद कृष्णकुमार (किसान) श्रेष्ठले मेची राजमार्गको पाँचथर खण्डअन्तर्गतको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा निधन भएका तीन मजदुरको परिवारलाई यथाशीघ्र क्षतिपूर्ति दिन माग गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिँदै सांसद श्रेष्ठले घाइते मजदुरको निःशुल्क उपचारको माग गरेका छन् ।

पाँचथरको फिदिम नगरपालिका ४ र हिलिहाङ गाउँपालिका ७ को सीमानामा पर्ने उक्त पुल जडानका क्रममा आइतबार ६ जना घाइते भएका थिए । त्यसमध्ये तीन जनाले ज्यान गुमाए ।

गत वर्षको असोज १२ गते आएको बाढीका कारण उक्त पुल भत्किएको थियो । त्यसअघिको पक्की पुल २०८० असार २ को बाढीले भत्काएपछि बेलिब्रिज जडान गरिएको थियो । फेरि वर्षायाम शुरु हुन लागेपछि गत वर्षको बाढीले भत्काएको उक्त पुल पुनः जडानकार्य हुँदा उनीहरु दुर्घटनामा परेका हुन् ।

ज्यान गुमाउनेमा बारा, सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता