घिरिङका दलितलाई सचेतना तालिम

Devghat Online

शेयर गरौ

तनहुँ । असार ३

घिरिङ गाउँपालिकाका दलितलाई सामाजिक कुरिती विरुद्ध सचेतना तालिम प्रदान गरिएको छ । सामाजिक विकास कार्यालय तनहुँको आयोजना, घिरिङ गाउँपालिकाको आतिथ्यता र मिजार समाज घिरिङको सकृयतामा सोमबार वडा नम्बर ३ मा समाजमा रहेका कुसंस्कार र कुरिती विरुद्धको सचेतना तालिम प्रदान गरिएको हो ।

तालिमको उद्घाटन गर्दै घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले अझैपनि समाजमा जातीय आधारमा छुवाछुत र विभेद हुनु दुखद् भएकोले त्यसको अन्त्यको लागि सबै समुदायको रचनात्मक भूमिका आवश्यक रहेको बताए । दलित समुदायमाथि छुवाछुत र विभेद गरिनु दण्डनीय अपराध भएकोले सबै मिलेर छुवाछुत र विभेद रहित समाज निर्माण गर्न आवश्यक रहेको पालिकाका अध्यक्ष थापाले बताए ।

समाजमा ठुलो हिस्सा ओगट्ने दलितहरुलाई पाखा लगाएर समाज विकासको गति अघि बढ्न नसक्ने उहाँको भनाई छ । घिरिङ गाउँपालिकाका पुर्व अध्यक्ष रनबहादुर थापाले समुदाय विचको भाईचारा र सम्बन्ध विकासमा दलितको अलावा सबै जातजातीको समान सहभागिता हुन आवश्यक रहेको बताए । जातीय भेदभाव र छुवाछुतलाई अन्त्यको लागि सबै जिम्मेवार हुन अपरिहार्य रहेको उनले बताए ।

जातीय विभेद, लैंगिक हिंसा, बालविवाह, दाईजो प्रथा लगायतका समस्याहरु समाजमा अझैपनि व्याप्त रहेकोले समाजले सकारात्मक गति लिन नसकेको सामाजिक विकास कार्यालयका प्रमुख बिदुरहरी आचार्यले बताए । दलित समुदाय भित्र रहेको प्रतिभालाई सहि काममा लगाउन सवल नेतृत्व आवश्यक पर्ने समेत उनले बताए ।

मिजार समाज नेपाल तनहुँ शाखाका अध्यक्ष रनसिं नेपालीले समाजमा जातजातिको आधारमा गरिने विभेदलाई परास्त गर्न राज्यका सबै तहको सरकारले विशेष अभियान संचालन गर्न आवश्यक रहेको बताए । मिजार समाजका केन्द्रीय सदस्य डिलबहादुर नेपाली, घिरिङ मिजार समाजका अध्यक्ष टुकबहादुर नेपाली लगायतले दलितहरु सत्तामा नपुग्दासम्म जातीय समानता असम्भव रहेको बताए । स्थानीय तहको नेतृत्व तहदेखि विभिन्न तहमा दलितलाई अवसर प्रदान गर्न सके मात्र समानता कायम हुने बताए ।

तालिममा पत्रकार पूर्ण विकेले जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ को कानुनी प्रावधान र नागरिक समाजको काम, कर्तव्य र अधिकारको बारेमा सहजिकरण गरेका थिए ।

कार्यक्रममा नेकपा माओवादी घिरिङका अध्यक्ष चुननारायण श्रेष्ठ, स्थानीय नेता भक्तबहादुर श्रेष्ठ लगायत दलित अगुवाहरु नहलसिं विक लगायतले जातीय विभेद दण्डनीय अपराध भएकोले जातीय विभेद र छुवाछुत गर्न नहुनेमा जोड दिए ।

सामाजिक विकास कार्यालयका सहायक भानुभक्त थापामगरले कार्यक्रम सन्चालन गर्नुहुँदै कार्यक्रममा स्थानीयको उत्साहप्रद सकृयताको लागि धन्यवाद व्यक्त गरे । तालिममा घिरिङ गाउँपालिका क्षेत्रका ६० दलित सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र