भिमादमा दलित महिलाहरुलाई नेतृत्व विकास सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । असार, ३

भिमाद नगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम अन्तर्गत दलित महिलाहरूको सशक्तीकरण र क्षमता विकासलाई लक्षित गर्दै नेतृत्व विकास सम्बन्धी गत असार १ गतेदेखी आयोजित तीन दिने पुनर्ताजगी तालिम मंगलबार सम्पन्न भएको छ।

तालिम समापन कार्यक्रममा बोल्दै नगरपालिकाकी उपप्रमुख शारदा खनालले तालिम पूर्व र पश्चात महिलाहरूको आत्मविश्वास तथा क्षमतामा देखिएको विकासको अनुभव सुनाउँदै यस्ता तालिमहरूले सामाजिक रुपान्तरणमा सकारात्मक भूमिका खेल्ने धारणा राखिन्। उनले महिलाहरूलाई शैक्षिक, राजनैतिक, आर्थिक र सामाजिक क्षेत्रमा अग्रसर हुन विशेष जोड दिइन्।

उपप्रमुख खनालले ९ वटै वडाबाट सहभागी ३० जना महिलाहरूलाई प्रमाणपत्र वितरण गरेकी हुन। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुन, वडा नं. ६ का अध्यक्ष श्यामसुन्दर जोशी, वडा नं. ७ का अध्यक्ष प्रकाश श्रेष्ठ, कार्यपालिका सदस्य इन्दिरा खड्का, पूर्व कार्यपालिका सदस्य डिना गोतामे लगायतले मन्तव्य राखेका थिए।

तालिममा सहजकर्ता पत्रकार अन्जान परियारले महिलाहरू लाई सशक्त बनाउन, क्षमता अभिवृद्धि, व्यक्तित्व विकास गर्दै वर्गीय अधिकारबारे सचेत गराउन सिकाएका थिए।

सहभागीहरू मध्ये ऐती माया परियार र मिना नेपालीले तालिमबाट आत्मविश्वास बढेको, डर र लाज हटेर सामाजिक क्षेत्रमा सक्रिय हुन सक्ने आत्मबल आएको अनुभव सुनाए। यस्तो महत्वपूर्ण तालिममा सहभागी हुन पाएकोमा नगरपालिका र प्रशिक्षक प्रति आभार व्यक्त गरे।

कार्यक्रमको सञ्चालन नगरपालिकाकी सूचना अधिकारी टेकावती ढकालले गरेकी थिइन् भने स्वागत मन्तव्य कार्यपालिका सदस्य संगीता विश्वकर्माले राखेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता