देवघाटले गर्यो अनुगमन तथा भ्रमणमा २५ लाख खर्च, खाना, खाजामा मात्रै १२ लाख ८० हजार

Devghat Online

शेयर गरौ

देवघाट । असार, ४

देवघाट गाउँपालिकाले अनुगमन तथा भ्रमण शिर्षकमा एक वर्षमा २५ लाख खर्च गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले अनगमन मूल्याङ्कन तथा भ्रमण खर्च शीर्षकमा रु २५ लाख खर्च गरेको छ ।

तर भ्रमणको उद्धेश्य, अनुगमन तथा भ्रमण प्रतिवेदन, भ्रमण अभिलेख, दूरीको विवरण, सवारी साधनको टिकट भने राखेको पाइएको छैन । जसले गर्दा अनुगमन तथा भ्रमणको सही सदुपयोग भएको छ भन्ने आधार नरहेको महालेखा परिक्षकको कार्यालयको प्रतिबेदनले जनाएको छ ।

खर्चका परिमाण हेर्दा भौचर साथ बिल मात्र पेश भएकामा सो खर्च कुन कार्यक्रमसँग सम्बन्धित हो सोको प्रयोजन नखुलेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । यस्तो प्रवृत्तिमा नियन्त्रण गरी कार्यविधिबाट व्यवस्थित गरेरमात्र मितव्ययि तरिकाले खर्च गर्नुपर्ने उल्लेख छ ।

यसैगरि देवघाट गाउँपालिकाले उक्त आर्थिक वर्षमा खाना तथा खाजामा मात्रै १२ लाख भन्दा बढी खर्च गरेको छ । विविधि शीर्षकबाट खाना खाजामा रु १२ लाख ८० हजार खर्च गरेको हो

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता