प्रविधि युक्त खेतीमा लाग्न कृषकहरुलाई घिरिङ गाउँपालिका अध्यक्ष थापाको आग्रह

Devghat Online

शेयर गरौ

अन्जान परियार । तनहुँ, असार ४

घिरिङ गाउँपालिका–४ मा आयोजित दुई दिने कृषकस्तर तालिम सम्पन्न भएको छ । खाद्यान्न बालीको खेती प्रविधि सम्बन्धी तालिमको समापन समारोहमा बोल्दै घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले घिरिङ कृषि क्षेत्रको लागि उर्वर भूमि रहेको उल्लेख गर्दै, प्रविधियुक्त खेतीतर्फ उन्मुख हुन कृषकहरूलाई आग्रह गरे ।

अध्यक्ष थापाले अंङ्गुर खेतीले घिरिङमा राम्रो चर्चा कमाएको उल्लेख गर्दै भने, ‘अबको खेती परम्परागत ढंगले मात्र सम्भव छैन, प्रविधि, जानकारी, र दक्षता आवश्यक छ । उत्पादनले कति आम्दानी दिएको छ, प्रयोग भएको बिषादी कस्तो र कति मात्रामा प्रयोग भएको छ भन्ने कुरा बुझ्न आवश्यक छ ।’

अध्यक्ष थापाले प्रमुख खाद्यान्न बालीहरू जस्तै धान, गहुँ, मकै, कोदो आदिमा वैज्ञानिक दृष्टिकोणबाट उत्पादनमा जोड दिनुपर्ने धारणा राखे । साथै, समयक्रमसँगै हराउँदै गएका रैथाने बालीहरूलाई संरक्षण गर्न र कृषि, आम्दानीमुखी तथा सिपमूलक तालिमहरूमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

तालिम समापन कार्यक्रममा घिरिङ गाउँपालिकाकी उपाध्यक्ष राधा देवी अधिकारी, वडा नम्बर १ का अध्यक्ष रविचन्द्र घोरासेनी, कार्यपालिका सदस्य सरिता विक, वडा सचिव कृष्ण प्रसाद पाण्डे, वडाका प्राविधिक गणेश विक, कृषि शाखाका कर्मचारी लगायतको उपस्थिति थियो ।

वडा नम्बर ४ का अध्यक्ष भीम बहादुर कुमालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कृषि शाखा नायब प्राविधिक सहायक सामना नेपालीले गरेकी थिइन् । तालिममा वडा नम्बर ४ का ४० जना कृषकहरूको सहभागिता रहेको थियो । तालिमको सहजीकरण घिरिङ गाउँपालिकाका कृषि शाखा प्रमुख रवि रामदामले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता