देवघाटका प्रकाश पौडेलको हत्या गरि भागेका २ जना पक्राउ

Devghat Online

शेयर गरौ

देवघाट । असार ५

देवघाट गाउँपालिका-५ का ३२ बर्षीय प्रकाश पौडेलको हत्या गरि भागेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं. ३ हटिया घर भई हाल देवघाट गाउँपालिका वडा नं.५ मा ज्याला मजदुरी गरी बस्ने वर्ष ४२ को राम लामा र पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं. ८ नयाँपाटी घर भई हाल देवघाट गाउँपालिका वडा नं. ५ मा ज्याला मजदुरी गरी बस्ने वर्ष २८ को बुद्ध सारु मगर रहेका छन् ।

लामा र मगरले देवघाट गाउँपालिका-५ बद्रीमुक्ती टोलका पौडेलको बिहिवार बिहान कुटपिट गरि हत्या गरि भागेको प्रहरीले जनाएको छ । पौडेल बिहीबार बिहान ५ बजे घरदेखी ३ सय मिटर पर कच्ची सडकमा लडिरहेको अवस्थामा स्थानीयहरुले देखि तत्काल उपचारको लागि भरतपुर सरकारी अस्पताल चितवन लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

पौडेलको मृत्यु भएको भन्ने जानकारी प्राप्‍त हुनासाथ इलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीको कमाण्डमा खटिएको टोलीले घट्नाको सम्बन्धमा सुक्ष्म रुपमा अनुसन्धान गर्दा मृतक पौडेल लामा र मगरसँग बसी मादक पदार्थ (रक्सी) सेवन गरी झै-झगडा हुँदा कुटपिट गरेको जानकारी प्राप्त भएपछि कुटपिटमा संलग्न फरार लामा र मगरको खोजतलास गरी उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आबुँखैरेनीले जनाएको छ ।

उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता