लायन्स क्लव अफ तनहुँ सत्यवतीद्वारा तीन पत्रकार पुरस्कृत

Devghat Online

शेयर गरौ

तनहुँ । असार ७

लायन्स क्लव अफ तनहुँ सत्यवतीले जिल्लाका तीन पत्रकारलाई पुरस्कृत गरेको छ । क्लवले शनिबार पद हस्तान्तरण कार्यक्रमको अवसर पारी तीन पत्रकारलाई नगद सहित पुरस्कृत गरेको हो ।

पत्रकारितामार्फत समाजमा पु¥याएको अतुलनीय योगदानको उच्च कदर गर्दै उनीहरुलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेमा नेपाल पत्रकार महासङ्घ तनहुँका पूर्वअध्यक्ष एवं मादीसेती प्रवाह दैनिकका सम्पादक ओमकार आचार्य, नेपाल पत्रकार महासङ्घ तनहुँका सचिव एवं खबरपुञ्ज डटकमका कार्यकारी सम्पादक कृष्ण न्यौपाने र मादीसेती प्रवाह दैनिकका कार्यकारी सम्पादक अन्जना तिमिल्सिना रहेका छन् ।

गण्डकी प्रदेशसभा सदस्य एवं लायन्स क्लव नेपाल ३२५ वि १ का पूर्वगर्भनर अशोककुमार श्रेष्ठ, क्लवका अध्यक्ष पवित्रा खनाललगायतले उनीहरुलाई दोसल्ला, प्रमाणपत्र र नगद पुरस्कार हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता