पत्रकार खनाललाई आएको धम्की प्रति महासंघको ध्यानाकर्षण

Devghat Online

शेयर गरौ

तनहुँ । असार ७

नेपाल पत्रकार महासंघ तनहुँले महासंघ कार्यसमिति सदस्य एवं तनहुँ प्रेस अनलाईनका कार्यकारी सम्पादक बिकास खनाललाई आएको धम्की प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

गत असार ३ गते समाचार संकलन गरी तनहुँको ऋषिङ गाउँपालिकाबाट फर्कने क्रममा स्थानीय विवेक श्रेष्ठले विना कुनै घटना, विना कुनै सन्दर्भ र विना कुनै कसुर पत्रकार खनाललाई सामाजिक सञ्जाल मार्फत धाक, धम्की दिँदै पत्रकारको सुरक्षा माथि खतरा उत्पन्न गराएको महासंघले जनाएको छ ।

साथै जिल्लाका महत्वपूर्ण पदमा रहने जनप्रतिनिधिले समेत अमर्यादित र तुच्छ शब्दमा पत्रकारलाई अपशब्द प्रयोगको भाष्य प्रयोग गरि सामाजिक सन्जालमा लेख्ने प्रवृत्तिको समेत घोर भत्र्सना गर्दै आगामी दिनमा सच्चिन समेत महासंघले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो