मधेश प्रदेशको हकमा बजेट विभेदपूर्णः किसान श्रेष्ठ

Devghat Online

शेयर गरौ

काठमाडौं । असार ७

बारा क्षेत्र नम्बर ४ का सांसद कृष्णकुमार (किसान) श्रेष्ठले बजेट विनियोजन मधेश प्रदेशको हकमा विभेदपूर्ण भएको बताएका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै सांसद श्रेष्ठले मन्त्री–मन्त्रीकै बीचमा बजेट विनियोजनको विषयलाई लिएर प्रतिस्पर्धा चल्दा र ठूला नेताले आफ्नो क्षेत्रमा सिङ्गो बजेट परिचालन गर्ने कारण मधेश प्रदेश विभेदमा परेको बताए ।

बजेटका नाममा जनताले गाँस काटेर तिरेको करमाथि गम्भीर दुरुपयोग भएको भन्दै उनले यस्तै रवैया भए २०८४ को निर्वाचनमा जनताले जवाफ दिने जिकिर गरे ।

उनले बजेटको न्यायोचित वितरणको माग गरे । बाराको अमलेखगञ्ज जंगलमा बाघको आक्रमणबाट ज्यान गुमाउने ५० वर्षीय कृष्णबहादुर भोलनको परिवारलाई छिटोभन्दा छिटो क्षतिपूर्ति दिन उनले माग गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले