मधेश प्रदेशको हकमा बजेट विभेदपूर्णः किसान श्रेष्ठ

Devghat Online

शेयर गरौ

काठमाडौं । असार ७

बारा क्षेत्र नम्बर ४ का सांसद कृष्णकुमार (किसान) श्रेष्ठले बजेट विनियोजन मधेश प्रदेशको हकमा विभेदपूर्ण भएको बताएका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै सांसद श्रेष्ठले मन्त्री–मन्त्रीकै बीचमा बजेट विनियोजनको विषयलाई लिएर प्रतिस्पर्धा चल्दा र ठूला नेताले आफ्नो क्षेत्रमा सिङ्गो बजेट परिचालन गर्ने कारण मधेश प्रदेश विभेदमा परेको बताए ।

बजेटका नाममा जनताले गाँस काटेर तिरेको करमाथि गम्भीर दुरुपयोग भएको भन्दै उनले यस्तै रवैया भए २०८४ को निर्वाचनमा जनताले जवाफ दिने जिकिर गरे ।

उनले बजेटको न्यायोचित वितरणको माग गरे । बाराको अमलेखगञ्ज जंगलमा बाघको आक्रमणबाट ज्यान गुमाउने ५० वर्षीय कृष्णबहादुर भोलनको परिवारलाई छिटोभन्दा छिटो क्षतिपूर्ति दिन उनले माग गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक