आबुँखैरेनीमा विद्युतीय सवारी चालकलाई लक्षित जनचेतनामूलक कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । असार ११

इलाका प्रहरी कार्यालय आबुँखैरेनीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्युतीय सवारी (इभी) का सवारी चालक, सह–चालक तथा यात्रुहरुलाई लक्षित गरी सुरक्षा चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

देशभर विद्युतीय सवारी (इभी) साधनहरुको प्रयोग तीव्र गतिमा वृद्धि भइरहेको सन्दर्भमा विशेषगरी राजमार्गहरुमा यी सवारीहरूको संलग्नता सहित हुने दुर्घटनाको संख्या पनि उल्लेख्य रूपमा बढ्दो अवस्थामा सवारी चालक, सह–चालक तथा यात्रुहरूलाई लक्षित गरी सुरक्षा चेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीको नेतृत्वमा खटिएको प्रहरी टोलीले सहभागीहरुलाई विद्युतीय सवारीका बारेमा विस्तृत जानकारी दिँदै, पछिल्लो समय देखिएका दुर्घटनाको कारण, न्यूनिकरण उपाय तथा सावधानी अपनाउने विधिहरूमा जोड दिएको थिए ।

कार्यक्रममा विद्युतीय सवारी साधनको संरचना र प्रविधि, पछिल्लो समय बढेका इभी दुर्घटनाका प्रमुख कारणहरु, दुर्घटना न्यूनीकरणका व्यवहारिक उपायहरु, चालक, सहचालक तथा यात्रुले पालना गर्नुपर्ने सावधानी र सतर्कताको बारेमा प्रशिक्षण दिईएको थियो ।

कार्यक्रममा सहभागी सवारी चालक तथा यात्रुहरूले यस्तो जनचेतनामूलक अभियान उपयोगी रहेको प्रतिक्रिया दिएका छन् । उनीहरूका अनुसार, नयाँ प्रविधिमा आधारित इभी सवारीहरूलाई सुरक्षित ढङ्गले सञ्चालन गर्न यस्ता प्रशिक्षण र जानकारी अत्यन्त आवश्यक रहेको बताएका थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय आँबुखैरेनीले आगामी दिनमा यस्ता कार्यक्रमलाई अन्य क्षेत्रमा पनि विस्तार गर्ने योजना बनाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता