मधुवन सामुदायिक वनमा सर्पगन्ध जडिबुटी रोपण

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, असार १३

देवघाट गाउँपालिका–५ स्थित मधुवन सामुदायिक वन क्षेत्रमा तनहुँमै पहिलो पटक सर्पगन्ध जडिबुटी रोपण गरिएको छ । पछिल्लो समयमा मानिसहरु उच्च रक्तचापका रोग्रीहरु धेरै भएको हुँदा उच्च रक्तचापका विरामीलाई औषधीको रुपमा प्रयोग हुने सर्पगन्धको विरुवा तनहुँमा पहिलो पटक रोपिएको सव डिभिजन वन कार्यालय देवघाटका प्रमुख कृष्णप्रसाद भट्टले बताए ।

सर्पगन्धको जरा प्रतिकिलोको ७ सय ५० रुपैयाँमा विक्रि हुने र टेन्सारिङ नामक औषधी यहि सर्पगन्धबाट बन्ने भट्टले बताए । दक्षिण एसियामा मात्र पाइने सर्पगन्धको जडिबुटी मानिसहरुले चिन्न नसकेर यसको सदुपयोग नभएको भट्टले बताए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले सानोमा पेट दुख्दापनि बुवाआमाले सर्पगन्धको जरा टोक्न दिएको बताए । स्थानिय सरकारलाई सामुदायिक वनले तिरेको १० प्रतिशत कर स्थानिय सरकारले सामुदायिक वनमै लगानी गर्ने गुरुङले बताए । सर्पगन्धको विरुवालाई जोगाउन र यसको सदुपयोग गर्न उपाध्यक्ष गुरुङले अनुरोध गरे ।

मधुवन सामुदायिक वन समुहका अध्यक्ष डिल्लीराम गिरीले तनहुँकै पहिलो सर्पगन्ध खेती गरिएको बताए । सामुदायिक वनको चार रोपनीको क्षेत्रफलमा ८ आठ हजार सर्पगन्धको बिरुवा रोपिएको बताए । उक्त रोपणको लागि डिभिजन वन कार्यलय तनहुँ चार लाख र मधुवन सामुदायिक वनको एक लाख दश हजार गरि पाच लाख दस हजार रुपैयाँको खर्चमा सर्पगन्ध खेती गरेको गिरीले बताए ।

गत वर्ष एक हेक्टरमा सत्रहजार अम्रिसो र आधा हेक्टरमा कुरिलो रोपेको गिरीले बताए । सो गत वर्षको अम्रिसो र कुरिलोबाट आगामी वर्षबाट लाभ लिन सकिने गिरीले बताए । बनक्षेत्र भित्रमा खालि रहेको जग्गामा यसरिनै विरुवाहरु रोपि सामुदायिक वनको आम्दानी बढाउदै जाने गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता