एमाले व्यास नगर कमिटिद्वारा महेन्द्र रिजालको उपचारको लागि सहयोग हस्तान्तरण

Devghat Online

शेयर गरौ

तनहुँ । असार १३

नेकपा एमाले व्यास नगर कमिटिले व्यास नपा २ दमौलीका महेन्द्र रिजालको उपचारको लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ । एमाले व्यास नगर कमिटिका अध्यक्ष तुल्सीराम पाण्डेले पार्टीका नेता, कार्यकर्ताहरुबाट संकलित ५० हजार ५ रुपैयाँ शुक्रबार महेन्द्रकी पत्निलाई हस्तान्तरण गरे ।

कलेजो तथा आन्द्राको समस्याबाट पीडित रिजालको पोखरा स्थित चरक अस्पतालको आइसियुमा उपचार भईरहेको छ । रिजालको उपचारमा आर्थिक अभाव भएपछि व्यास नगर कमिटिले आर्थिक सहयोग संकलन गरि रकम हस्तान्तरण गरिएको अध्यक्ष पाण्डेले बताए ।

रिजालको उपचारको लागि व्यास नगरपालिका नेता तथा कार्यकर्ताहरुले सहयोग रहेको पाण्डेले बताए । रिजाल नेकपा एमाले व्यास नपा वडा नम्बर २ का पुर्व अध्यक्ष समेत हुन् ।

रकम हस्तान्तरण कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य श्रीराम कार्की, जिल्ला सदस्य बसुन्धरा घर्ती सहित व्यास नगर कमिटिका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको