केपी ओली नै मदन भण्डारीको सच्च अनुयायीः एमाले नेता अधिकारी

Devghat Online

शेयर गरौ

तनहुँ । असार १४

नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा गन्डकी प्रदेशका पुर्व मुख्यमन्त्री खगराज अधिकारीले एमालेका अध्यक्ष केपी शर्मा ओली नै जननेता मदन भन्डारीको सच्चा र योग्य अनुयायी भएको बताएका छन् । नेकपा एमाले तनहुँ जिल्ला कमिटिको पुर्ण बैठक तथा ७४ औं मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले अध्यक्ष केपी शर्मा ओली नै मदन भण्डारीको सच्चा अनुयायी भएको हुँदा ओलीको नेतृत्वमा मात्रै एमाले अगाडि बढ्ने बताए ।

नेकपा एमाले भित्र विवाद सिर्जना गर्न केही नेताहरुले ७० वर्षको उमेर हदको कुरा उठाएको भन्दै अधिकारीले भने ‘उमेर हद भनेको प्रबन्धीय कुरा हो, आवश्यक परेको बेला आउँछ, आवश्यक नपरेको बेला हट्छ । यो कुनै बाध्यकारी हैन ।’ एमाले भित्र विवाद र गुट सिर्जना गर्न केहि नेताहरुले यस्ता विषय ल्याएको अधिकारीले आरोप लगाए ।

जनताको बहुदलिय जनबाद नै नेपाली क्रान्तिको मौलिक कार्यक्रम भएको भन्दै अधिकारीले जबज नै नेपाली राजनीतिको सही बाटो भएको बताए । ‘नेपालमा जवज र मदनको लोकप्रियता बढेको बेला मदन भन्डारीको हत्या गरियो’ उनले भने । लोकतन्त्र, मानवअधिकार, विधिको शासन र बहुदलिय प्रतिश्पर्धा जवजको विशेषता भएको अधिकारीले बताए ।

एमाले जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंलको अध्यक्षतामा अयाोजित उक्त कार्यक्रममा एमाले पोलिट्व्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज केदार सिग्देल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता